खड्कभुमी कालिका मन्दिर,डॉसिकोट गुल्मीले मंसिर १३ गते सम्मान तथा चियापान कार्यक्रम आयोजना गर्ने

रामकृस्ण कंडेल,वामीटक्सार

✒️खड्कभुमी कालिका मन्दिर,डॉसिकोट गुल्मीले मंसिर १३ गते सम्मान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।साबिक अर्लाड०कोट गा बि स र वामी गा बि स मा जन्मिएर हाल जापानमा कार्यरत यस मन्दिर लाई बिगत देखिनै आर्थीक,भौतिक,नैतिक रूपमा सहयोग गर्दै आऊनु भएका ब्यक्तित्व हरूको सम्मानमा कार्यक्रम आयोजना गर्न लागिएको छ।

१३ गते शनिबार बिहान ८ बजे देखि मन्दिर परिसरमा आयोजना गर्न लागिएको कार्यक्रम लाई भब्य र सब्य रूपमा सम्पन्न गर्नका लागि आज मन्दिरको पुजा ब्यबस्थापन समितिको आयोजनामा तयारी बैठक सम्पन्न भएको छ।आज सम्पन्न बैठकले कार्य बिभाजन गर्नुका साथै मन्दिर संग सम्बन्धित सम्पुर्ण बुवा आमा दाजु भाई दिदि बहिनी हरू लाई उपस्थित हुन बिशेष आग्रह गर्ने निर्णय समेत गरिएको छ।

आजको बैठकमा मुसिकोट नगरपालिका ९ का वडाध्यक्ष नरेशराज खरेल,युनिक खवर डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेल,अर्लाड०कोट सेवा समिति जापानका सचिब युबराज खराल,बाबुराम खराल,ढालबहादुर पौडेल,कर्णबहादुर बि क,रामबहादुर बिक,ताराप्रसाद कंडेल,ताराप्रसाद खरेल लगायतको बिशेष उपस्थिति रहेको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।