गुल्मीको घैयारमा रहेको कालिका पशुपालन तथा कृषि फार्मको उद्घाटन कार्यक्रम सम्पन्न

रामकृस्ण कंडेल,वामीटक्सार

गुल्मीको मुसिकोट नगरपालिका -८,घैयारमा रहेको कालिका पशुपालन तथा कृषि फार्मको एक बिशेष कार्यक्रमका साथ उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगर प्रमुख शोमनाथ सापकोटाले कालिका फार्मका उद्यमी युवा हरुलाई उच्च ब्यबसायिक सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो।‘नेपाल बनाऊनेहो भने नेपालीलेनै बनाऊने हो’प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै नगरप्रमुख सापकोटाले बिदेशमा रहेका नेपाली हरू लाई मातृभुमी फर्कन आग्रह गर्नु भयो।समयको महत्व बुझेनौ भने प्रगति गर्न नसकिने अनुभब सुनाऊदै सापकोटाले नेपालमा कुरा धेरै काम थोरै गर्न आबश्यक रहेको बताऊनु भयो।’गॉऊ बनाऊन राज्यले पुर्बधारहरू निर्माण गर्ने तर उत्पादनमा ब्यक्ति आफै जुट्नु पर्छ’नगर प्रमुखको जोड थियो।

सिप,प्रबृधी,अनुदान र लोन नगरपालिकाको तर्फ बाट उपलब्ध गराईने समेत बिस्वास दिलाऊनु भयो।राज्य बदलिएको छ भन्दै नगरप्रमुख सापकोटाले अहिलेको ब्यबस्था बाट दर्जनौं परिबर्तन भएका उदाहरण हरू पेश गर्नु भयो।

बिशेष अतिथि नेपाली कांग्रेस जिल्ला सचिब बिस्णु कुमारी सापकोटाले आफु लामो समय अगाडि देखि समाज परिबर्तनको आन्दोलनमा सकृय रहदै आएकोले जहॉ रहे पनि यहॉका जनता हरूको सुख दुखमा साथ दिने प्रतिबध्दता ब्यक्त गर्नु भयो।जनप्रतिनिधी हरू बाट ‘बजेटको सहि सदुपयोग हुनपर्न’भन्दै रकम दुरूपयोग वा कुनै योजनाका रकम हरू फृज गराईएमा आफुहरू चुप नलाग्ने जिल्ला सचिब सापकोटा ले बताऊनु भयो।

मुनपाका आर्थीक संयोजक तथा वडानं ७ का वडाध्यक्ष प्रकाश काफ्ले,वडानं ८ का वडाध्यक्ष नारायण सापकोटा,वडानं ९ का वडाध्यक्ष नरेशराज खरेल,नेपाल शिक्षक महासंघ गुल्मीका जिल्ला सचिब रामकृस्ण कंडेल,नेकपा गुल्मी जिल्ला सदस्य गोबिन्द बहादुर बि क,नेपाली कॉग्रेस नगर सभापती शुदर्शन साक्य मुसिकोट नगरपालिका पशु शाखा प्रमुख महेन्द्र पन्थी लगायतले फार्मको सफलताको लागि शुभकामना मन्तब्य राख्नुभएको थियो।

बसाई सराईले सुनसान बन्दै गएको यस क्षेत्रमा युवाहरूको सकृयतामा फार्म सन्चालनमा आएपछी चहल पहल र रौनक बढेको छ।यस कार्यले स्थानिय हरूमा उत्साह थपिएको’ छ।

कार्यक्रममा नेपाल रास्ट्रिय शिक्षक संगठन गुल्मीका अध्यक्ष ज्ञानहरी सापकोटा,नेपाल शिक्षक महासंघ गुल्मीका जिल्ला सचिब रामकृस्ण कंडेल,नेकपा गुल्मी जिल्ला सदस्य गोबिन्द बहादुर बि क,नेपाली कॉग्रेस नगर सभापती शुदर्शन साक्य,रूद्रावती बहुमुखी क्याम्पसका प्रमुख रामु तिवारी,मुसिकोट नगरपालिका पशु शाखा प्रमुख महेन्द्र पन्थी,नवखवरका प्रधान सम्पादक बिस्णुप्रसाद आचार्य,मुसिकोट नगरपालिका अन्तर्गतका बिभिन्न वडाका जनप्रतिनिधिहरू,सन्चारकर्मी हरू लगायतको बिशेष उपस्थिति रहेको थियो।

आजै यस क्षेत्रका ७५ बर्ष भन्दा माथीका बृध्द बृध्दाहरू लाई फार्मको तर्फबाट सम्मान गरिएको थियोl जापान लाई कर्मथलो बनाउनुभएका टिकाराम खराल,हरिप्रसाद खराल,यादु खरालको संरक्षकत्वमा कालिका पशुपालन तथा कृषि फार्म सन्चालनमा आएको छ।हाल सम्म ३ जना स्थानिय हरू संग बाट झन्डै १५ रोपनी जग्गा खरिदगरी बिभिन्न प्रकारका ५ ओटा भवन हरू निर्माण भईसकेको संरक्षक टिकाराम खरेलले युनिक खवर डट कम संग बताऊनु भयो।खरेल अनुसार फार्मको लागि हाल सम्म १ करोड जती लगानी भईसकेको जानकारी दिनुभयो।

‘बाख्राको लागि आबश्यक घॉस ब्यबस्थापन गर्न मुनपा८ र ९मा जग्गाहरू लिजमा लिएका छौ’संरक्षक हरिप्रसाद खरालले बताऊनु भयो।स्थानिय र खरि जातका झन्डै १०० बाख्राहरू फार्ममा रहेको फार्मका अध्यक्ष खगराज खरेलले बताऊनु भयो।

केही स्थानिय युवाहरुको उद्यमशिलतामा होस्टेमा हैंसे गर्दै बिदेश छोडेर आधुनिक पशुपालनमा होमिएका वामी अर्लाङकोटका ८ जना युबा हरुको सहभागितामा साबिक वामीको ठुलाखर्क र डॉसिकोटको बिचमा रहेको मएडा भन्ने स्थानमा कालिका बाख्रा फार्मका भौतिक संरचना हरू निर्माण गरिएको छ।

मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बाट करिब ९ कि मी दुरीमा वामीटक्सार-वामीमैदान-डॉसिकोट सडक खन्ड नजिक फार्म स्थापना गरिएको छ।वामीटक्सार बाट २घन्टा पैदल हिडेर वा ३० मिनेट मोटर साईकल ड्राईभगरी उक्त फार्ममा पुग्न सकिन्छ।

टिकाराम खरालको सन्चालन,सागर खरेलको स्वागत मन्तब्य ,खगराज खरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।