नेपालबाट गाईगोरू तस्करहरूले कसरी नक्कली कागज बनाएर तस्कर गर्छन्

युनिक समाचार

✒पशुहरूलाई दु:ख दिनु , यातना दिनु नेपालको कानुनले अपराध हो। गाईगोरू र रमगा भैसीलाई ट्रकमा उभ्याएर, नाकमा नत्थी लगाएर, ट्रकमा कोचाकोच गरेर, पानी दाना समेत नदिएर, रगताम्भे पार्दै, र्याल चुहाउदै, आखाभरि ऑशु बगाउने पार्ने, पिडा दिदै ट्रकमा ढुवानी गरिरहेको दिनदिनै देख्न पाईन्छ।

ती पशुहरूलाई हजारौँ किमी यसरी उभ्याएर, थकाएर पानी पनि खान नदिएर भोकभोकै सुकाएर बेच्नका लागि रातारात तस्करी गरिन्छ र बंगलादेश पुर्याइन्छ। दैनिक दर्जनौँ ट्रक गाईगोरू तस्करी गरी दैनिक करोडौँको कमाई गर्छन्, तस्करहरूले माथिमाथि सम्म तालमेल र सॉठगॉठ गर्दै भागबण्डा गर्दै मिलेर।

पशुहरू बोल्न वा बिरोध गर्न सक्दैनन् । तिनलाई त्यसरी यातना दिदै ढुवानी गर्नु पनि ठूलो अमानवीय एवं कानुनी अपराध हो। त्यस्तो भेटिएमा ट्रक चालक, मालिकलाई जेल हाल्ने र ट्रक जफत गरिनुपर्छ।

पशु अधिकारबादीहरू विशेष सक्रिय हुनपर्यो। प्रहरी प्रशासनहरूले ऑखा चिम्लन छाड्नुपर्यो।झापाको काकडभित्ता गाईगोरू तस्करीको नाका हो। त्यहॉ नियन्त्रण हुनासाथ सबै समाधान हुन्छ।

नेपालबाट गाईगोरू तस्करहरूले कसरी नक्कली कागज बनाएर तस्कर गर्छन् यी रसिद हेरौँ-

गाई संकलन गरेर उठाएको छ रुपन्देहीको धकधैइबाट, गाईसहितको गाडी नियन्त्रणमा लिएको नवलपरासी भुमहीबाट तर ट्रकमा रहेको गाईगोरूको कागजातहरू भने सर्लाही र सुनसरीको नक्कली बनाइएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।