महिला समाज पोर्चुगलको उदारहणिय कार्य,सुरु गर्यो नि:शुल्क ब्युटिसियन तालिम

✒“सिप सिकौँ आत्मनिर्भर बनौं” भन्ने भावनाका साथ सामाजिक काममा सक्रिय र अग्रणी रूपमा काम गर्दै आइरहेको पोर्चुगलका नेपाली महिलाहरुको साझा संस्था नेपाली महिला समाज पोर्चुगलले आदेखि सीपमूलक ब्युटिसियन तालिम संचालन सुरु गरेको छ।

स्थापनाकालदेखि नै रचनात्मक एवं सृजनात्मक कार्यमा सक्रिय नेपाली महिला समाज पोर्चुगलले कोरोनाका कारण बेरोजगार र समस्यामा परेका पोर्चुगलका नेपाली महिला दिदिबहिनीहरुका लागि नि:शुल्क ब्युटिसियन तालिमको व्यबस्थापन गरेको समाजकी अध्यक्ष निर्मला ढकालले बताइन्।

तालिम उद्घाटनको अवसरमा समाजकी अध्यक्ष निर्मला ढकाल, महासचिव सरिता शर्मा, सदस्य शोभा गिरी, प्रशिक्षक मिरा कार्की र प्रशिक्षार्थीहरु उपस्थित थिए।

१० जना प्रशिक्षार्थीका लागि तालिम एक महिनासम्म चल्नेछ। तालिमकी प्रशिक्षक मिरा केसी रहेकी छन्।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।