पूर्व रा.पं.स. वैकुण्ठबहादुर चन्दकाे निधन
रामकृस्ण कंडेल,गुल्मी
✒गुल्मी,मदाने गाउँपालिका-१ अग्लुङ्ग निवासी गुल्मी जिल्लाका पूर्व रा.पं.स. (सांसद) वैकुण्ठबहादुर चन्दकाे निधन भएको छ।मृगाैला रोगको उपचारको क्रममा चन्दको ललितपुरकाे निदान अस्पत्तालमा निधन भएको हो।स्वर्गीय चन्दको भाेलि दिउसाे पशुपति अार्यघाटमा दाह-संस्कार हुने बताईएको छ।