इलाइट क्याल्क : एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टर

हामीहरूलाई बेला बेला धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू आवश्यक परिरहेको हुन्छ । तर एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू पाइदैनन् । त्यसले गर्दा अनेकौं साइट वा एप चाहार्नु पर्छ ।

तर अब यो समस्या हट्ने भएको । यो समस्या समाधानका लागि ईलाइट इन्फोटेकले ‘इलाइट क्याल्क’ मोबाइल एप ल्याएको छ ।  

यसबाट सजिलै संग एउटा एप प्रयोग गरेर विभिन्न प्रकारका गणनाहरू गर्न सकिनछ । इलाइट क्याल्कमा साधारण ब्याज, भ्याट, छुट, आम्दानी, मिति परिवर्तन, करेन्सी कन्भर्टर, ल्याण्ड कन्भर्टर, डिस्ट्यान्स कन्भर्टर लगायतका धेरै सुविधा छन् । 

यस बाहेक यसमा वर्ल्ड टाइम, नम्बर/पासवर्ड/क्युआर कोड जेनेरेटर, जस्ता अन्य सुविधा पनि  उपलब्ध छन् । आफुले गरेको गणना ‘हिस्ट्री’ मा गएर हेर्न पनि सकिन्छ ।

हाललाई गूगल प्ले स्टोरमा उपलब्ध भएको इलाइट क्याल्क एप छिट्टै आईओएसमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताको आवश्यकता अनुसार आगामी दिन नयाँ सुविधा थप गर्ने कम्पनीको योजना रहेको छ ।

Related Post
फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

केटी बनेर केटालाई प्रलोभनमा पारि विभिन्न अस्लिल फोटोहरु पठाउन लगाई रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु, भनेर ब्ल्याकमेलिङ गरेको आरोपमा धनबहादुर शाही पक्राउ परेका छन् ।

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो ।मोटो वान फाइभजीका लागि माेटाेराेलाले रियल्मी र साओमीको जस्ताे फर्मुला पछ्याएको विश्लेषण समेत गर्न थालिएकाे छ l