मोटोरोलाले सार्वजनिक गर्‍यो अहिलेसम्मकै सस्तो फाइभजी स्मार्टफोन‍, कस्ता छन् त विशेषता ?

काठमाडाैं

मोटोरोलाले यो वर्ष दुईओटा फाइभजी स्मार्टफोट सार्वजनिक गरिसकेको छ । र, यसको सूचीमा अर्को स्मार्टफोन पनि थपिएको छ, मोटो वान फाइभजी । यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो ।

मोटो वान फाइभजीका लागि माेटाेराेलाले रियल्मी र साओमीको जस्ताे फर्मुला पछ्याएको विश्लेषण समेत गर्न थालिएकाे छ । यसको मतलब तपाईंले अघिल्लो महिनाकै डिभाइसको उही चिपसेट, रिफ्रेस रेट, क्यामेरा र ब्याट्री पाउनुहुनेछ ।

तर पनि यसमा केही नयाँ विशेषता त पक्कै छ । यो फोन फाइभजी इनेबल भएको स्मार्टफोन हो, जसमा स्न्यापड्रागन ७६५ प्रोसेसर छ भने अन्य मिड रेन्ज फाइभजी स्मार्टफोनको तुलनामा यो पावरफूल डिभाइस हुन सक्छ ।

यसमा ४ जीबी र्याम र १२८ जीबी स्टाेरेज छ । अनि एक टीबीसम्म स्टाेरेज बढाउन सकिन्छ । फाइभजी कनेक्टिभिटीको साथमा फाेनमा ६.७ इन्चको एलसीडी स्क्रीन (फूल एचडी प्लस) छ, जसले ९० हर्ज रिफ्रेस सेट प्रदान गर्छ । यसमा ओलेड डिस्प्ले त छैन नै, तर यसले सिस्टम मेन्युहरु स्क्रोल र स्वाइप गर्दा स्मुथ पर्फरमेन्स प्रदान गर्छ ।

फाेनकाे अर्को फीचर भनेको ५ हजार एमएएचको ब्याट्री हो । मोटो वान फाइभजीले फाेके भिडियाे क्याप्चर गर्नेछ । यसले रियर क्यामेरा अन्तर्गत चारवटा क्यामेरा सेटअप राखेको छ । यसमा ४८ मेगापिक्सेलको मेन सुटर छ । ८ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा छ भने ५ मेगापिक्सेलको रिङ लाइटसहितको म्याक्रो क्यामेरा छ ।

साथै २ मेगापिक्सेलको डेप्थ लेन्स रहेको छ । फाेनकाे फ्रन्टमा डुअल लेन्स क्यामेरा छ । यसअन्तर्गत १६ मेगापिक्सेलको मेन सुटर रहेको छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाईड क्यामेरा रहेको छ ।

एन्ड्रोइड १० मा उपलब्ध हुने यो फोन किन्दा प्रयोगकर्ताले दुई वर्षको सेक्युरिटी अपग्रेड प्राप्त गर्न सक्छन् । मूल्य र उपलब्धताको विषयमा मोटोरोलाले केही जानकारी नगराए पनि अक्टुबरमा सार्वजनिक हुने अनुमान गरिएकाे छ ।यसकाे मूल्य पाँच सय डलरमुनी रहने अनुमान गरिएको छ । कतिपय सञ्चारमाध्यमले यसको मूल्य ४१७ डलर वा नेपाली ४९ हजार रुपैयाँ हुने आँकलन गरेका छन् ।

Related Post
फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

फेसबुकमा महिला बनी ठगि गर्ने व्यक्ति पक्राउ

केटी बनेर केटालाई प्रलोभनमा पारि विभिन्न अस्लिल फोटोहरु पठाउन लगाई रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु, भनेर ब्ल्याकमेलिङ गरेको आरोपमा धनबहादुर शाही पक्राउ परेका छन् ।

युनिक खवरका युरोप प्रतिनिधी खरेल युरोप शाखाको सचिवमा निर्वाचित

युनिक खवरका युरोप प्रतिनिधी खरेल युरोप शाखाको सचिवमा निर्वाचित

सत्य तथ्य निस्पक्ष ताजा अपडेट युनिक खवर डट कमका युरोप प्रतिनिधी,पोर्चुगलबाट संचालित नमूना नेपाल अनलाइन खबरका प्रधान सम्पादक एवं चर्चित पत्रकार कलश खरेल नेपाल पत्रकार महासंघ युरोप शाखाको सचिवमा निर्वाचित हुनुभएको छ