जनप्रतिनिधि बाटै कुटिए दलित परिवार

सिरहाको धनगढीमाई नपा ७ कसहाका दलित परीवारमाथि कुटपीट भएको छ । गत सिरहाको धनगढीमाई नपा ७ कसहाका दलित परीवारमाथि कुटपीट सोमबार वडाअध्यक्ष गनपैत यादव र उनका भाईका छोराहरु मनोज यादव, भरत यादव, दिलिप यादव र दिपन यादवले गाउँकै ४० वर्षिय सागरदेवी साफी, छोरा उमेश, रञ्जित, उनकै जेठाजु ५० वर्षिय मागैन सफी र भतिजो शुदिप साफीलाई कुटपीट गरेको हो ।उनिहरुमध्ये सागरदेवीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ । उनको टाउको फूट्दा ९ वटा टाँका लगाएको स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरु सवैको स्थानीय निजी क्लिनिकमा उपचार भईरहेको छ ।

सुदिप र रञ्जित साफीले निरपैत यादवका ट्याक्टर चलाउँदै आएका थिए । गागन खोलामा ट्क्याक्टरमा बालु भर्ने क्रममा हाइड्रोलिक पाइप खुम्चेको विषयमा निरपैतको छोरा भरतले सुदिप र रञ्जितलाई कुट पीट गरेका थिए । उनीहरुलाई कुटेर घर फर्केका भरतले उनकै घरमा रहेको सुदिपको स. ८ प २०३७ नम्वरको मोटरसाइकल तोडफोड गरेको छ । उनले खुकुरीले हालेर मोटरसाइकलको ट्याङ्की, भाइजर फूटाएको प्रहरीले बताए ।मधेशमा दलित समुदायलाई निरन्तर जनप्रतिनिधि बाट कुटिनु दुखत भएको सिरहाका दलित अधिकार कर्मि संजय महराले बताउनु भयाे । दाेषिलाई कानुनकाे दायरामा ल्याएर कानुनी कार्वाहिकाे सराेकारवालाई ध्यानाकर्षण समेत गराउनु भएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।