टिकटक प्रतियोगिताको ऊपाधि भट्टराईलाई जस्ले पाए नगद १२ हजार सहित प्रमाणपत्र

 रामकृष्ण कंडेल,वामीटक्सार📝

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ धुमि निवासी सुरज भट्टराईले “बाजे एमाले नाति एमाले “ चुनाबि गितमा ऊत्कृष्ट टिकटक बनाएपछि नगद १२ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । चुनाबको समयमा मुसिकोट नगरपालिका का नगरप्रमुख जीवन खरेलको सहयात्री बनेर हिडेका भट्टराईले लाईक कमेन्ट भिऊज र सेयरको आधारमा ऊक्त प्रतियोगिता जितेका हुन् ।                                    चुनावको समयमा भट्टराईले आफ्नो टिकटक अकाऊन्टबाट फरक फरक ५ वटा टिकटक भिडियो सार्वजनिक गरेका थिए जसमा करिब एकलाख पचहत्रर हजार दर्शकले उक्त भिडियो हेरेका छन् । टिकटकमा ऊनका भिडियो एकलाख देखि एकलाख अशि हजार सम्म दर्शकले हेरेका छन् । उनले बनाएको एऊटा भिडियोमा गुल्मी का बिशिष्ट व्याक्तिहरू प्रतिनिधि सभा सदस्य गोकर्णराज बिष्ट ,प्रदेश शभा सदस्य खड्क केसी , मुसिकोटका निबर्तमान नगरप्रमुख सोमनाथ सापकोटा , दलित मुक्ति जिल्ला अध्यक्ष कृष्न बिश्वकर्मा , मुसिकोट नगरकमिटि सदस्य सत्या जिसी, मुम बहादुर परियार मुसिकोट नगपालिका प्रमुख जीवन खरेल , ऊपप्रमुख गंगा श्रेष्ट र सुरज भट्टराई लाई देख्न सकिन्छ ।उक्त भिडियोले नै भट्टराईलाई सर्बोत्कृष्ट पुरस्कार दिलाएको हो ।

गत बैशाख ३० मा स्थानिय निकाएको निर्बाचन सम्पन्न भएको थियो ।आपॅंचौरमा जन्मभई देशतथा बिदेशमा कामकाजको सिलसिलामा रहेका नेकपा एमाले प्रेमी आपॅंचौर बासिले तुलाराम तिवारी राजाको संयोजकत्वमा करिब ७० हजार रकम जम्मा गरि उक्त प्रतियेगिता आयोजना गरेका थिए ।निर्बाचनको समयमा बिभिन्न राजनैतिक दलले बिभिन्न माध्यमाबाट चुनावि प्रचारप्रसार गरे र जनताको घरदैलोमा गएर भोट मागे । गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेको प्रचारप्रसार तिब्र रूपमा देखिन्थियो सोहि अनुरूप असल, ज्ञानि ,हरेक कुरामा अब्बल र भट्टराई मुसिकोट नगरपालिका वडा नं ५ कै स्थाई बासिन्दा भएकै कारण जीवन खरेलले नजिकबाट बुझेको हुनाले आफ्नो चुनावि सहयात्रिको रूपमा भट्टराईलाई छनोट गरि करिब डेढ महिना सॅंगै हिडेर मुसिकोटमा नेकपा एमालेको बिजयका लागि महत्वपुर्ण भुमिका खेलेका थिए । भट्टराई राष्ट्रिय युवा संघ नेपाल मुसिकोट नगरपालिका वडा नं ५ का सचिब पनि हुन ।

आईतबार मुसिकोट नगरपालिका ५ मा आयोजित बडा दशै तथा दिपावलिको शुभकामना आदानप्रदान , चियापान तथा पुनरमिलन कार्यक्रमको अबसर पारेर आयोजित एक कार्यक्रमका बिच भट्टराई सहित १३ जनलाई कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका का नगरप्रमुख जिवन खरेल , बिशिष्ट अतिथिहरू देवदह नगरपालिका रूपन्देहीका नगरप्रमुख धुर्वप्रसाद खरेल , नेकपा एमाले मुसिकोट नगरकमिटि अधक्ष प्रकाश काफ्ले र नेकपा एमाले मुसिकोट नगरकमिटी सल्लाहकार परिषद सदस्य महेन्द्र अधिकारीद्वारा सम्मान गरिएको हो ।

खरेलको ऊमेद्ववारी को निधो भएपश्चात सुरज भट्टराई सॅंगै हिडे र उनि मिडिया क्षेत्र लाई पनि नजिकबाट बुझेका कारण मिडियामा शुन्य देखिएको मुसिकोटको प्रचारप्रसार लाई एऊटा लेभलमा ल्याऊने काम गरे।विभिन्न प्रचार सामाग्री निर्माण गर्ने ,डकुमेन्ट्रि तथा ईन्ट्रो भिडियो निर्माण गर्ने आदि क्रियाकलाप गरे ।

भट्टराईका अनुसार गुल्मी मुसिकोट नगरपालिकाको नेकपा एमाले र एमालेबाट निर्बाचित प्रतिनिधिको प्रचारप्रसार नेपालका अरू पालिकामा भन्दा शिर्ष स्थानमा रहेको जानकारि दिए ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।