अनुदान झाेलामा र परियाेजना खाेलामाकाे अवस्था हुन नदिने वडाध्यक्ष विककाे भनाई

कृष्ण अन्जान✍️

रुरुक्षेत्र गाउँ पालिका र हेफर प्राेजेक्टकाे अार्थिक तथा प्राविधिक सहयाेगमा सन्चालित रुरुक्षेत्र कृषि तथा पशु उधमशिलता विकास परियाेजना अन्तरगत युवा समूह गठन र एकदिवसीय अभिमुखिकरण कार्यक्रम विहिवार रिडीबजारमा अायाेजना गरियाे ।

सामाजिक श्रोत विकास केन्द्र बलेटक्सार शाखाले अायाेजना गरेकाे अभिमुखि कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँ पालिका वडा १ का वडाध्यक्ष रामलाल विकले अार्थिक उन्नति र समृद्वि हासिल गर्न व्यवसायिक बन्न युवाहरुलाई सल्लाह दिनु भयाे । अध्यक्ष विकले यसअघि अनुदानकाे रकम चरम दुरुपयोग भएकाले अबका दिनमा यसाे हुन नदिने बताउनु हुँदै अनुदान झाेलामा र परियाेजना खाेलामा नहाेस भन्नाका लागि कृषि र पशुपालनका क्षेत्रमा गाउँपालिकाले दिने अनुदानकाे अनुगमन जारी राख्ने बताउनु भयाे ।

अभिमुखि कार्यक्रममा बाेल्दै रुरुक्षेत्र कृषि तथा पशु उधमशिलता विकास परियाेजनाका सँयाेजक शँभु पन्थीले

किसानलाई उधमशिल बनाउन परियाेजनाले रुरुक्षेत्रमा हेफर प्राेजेक्ट र रुरुक्षेत्र गाउँपालिकाकाे अार्थिक सहयाेगमा कृषि र पशुपालनका क्षेत्रमा काम शुरु भएकाे बताउनु हुँदै समृद्धि हासिल गर्न किसान जागरुक भएर लाग्नु पर्ने बताउनु भयाे ।

अभिमुखि कार्यक्रममा अाफ्नाे धारणा राख्दै रुरुक्षेत्र गाउँपालिका कृषि शाखा प्रमुख पवित्रा गौतमले किसान हरुले कृषि सम्बन्धि गाउँ पालिकाले दिने सेवा सुविधा वारे बेलाबेला जानकारी लिनु पर्ने सुझाव दिनु भयाे ।

कार्यक्रमकाे सन्चालन परियाेजनाकि युवा सँयाेजक प्रभा पन्त र सामाजिक परिचालक मिना ज्ञवालीले कार्यक्रममा सहजिकरण गर्नु भएकाे थियाे ।

कार्यक्रममा रुरुक्षेत्र गाउँ पालिका वडा न १ का अगुवा युवा पशुपालक र कृषि क्षेत्रका युवा , वडा सदस्य , पत्रकार तथा सामाजसेवि हरुकाे उपस्थिति रहेकाे थियाे

यसै बिच कार्यक्रममा कृषि तर्फकाे समूह सँयाेजकमा रिडीबजारका व्यवसायीक कृषक फर्सुराम नेपाललाई सँयाेजक ताकिएकाे छ भने पशुपालन समुहकाे सँयाेजकमा च्यूरेकका पशुपालक युवा दिनानाथ ज्ञवालीलाई सँयाेजक ताेकिएकाे परियाेजनाका सामाजिक परिचालक मिना ज्ञवालीलाई उदृत गर्दै रुरुबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएकाे छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।