हार्दिक श्रद्धान्जली कमरेड बोम:ईश्वर पोख्रेल

गुल्मीको पार्टी निर्माणमा प्रारम्भदेखि नै योगदान गर्ने एकजना निष्ठावान र भरोसा योग्य नेता प्रिय कमरेड बोम बहादुर खड्काको असामयिक निधनको खबरले अत्यन्त मर्माहत तुल्याएको छ । सिद्धान्तप्रतिको अगाथ निष्ठा, उन्नत राजनीतिक सोच र चेतना सहितको लोभलाग्दो उहाँको क्रियाशीलता सद्धैव सम्झिरहने छौं ।आज विहानै कमरेड बोमको निधनको खबर पाएपछि मलाई निरन्तर चार वर्ष (२०४२ कार्तिक देखि २०४६ असोज) सम्म लुम्विनीमा काम गर्दाको याद आइरह्यो...।

निरंकुश तथा निर्दलीय पञ्चायती शासन व्यवस्था थियो, राजनीतिक दलहरुका गतिविधिहरु पूर्णरुपले प्रतिबन्धित थिए । म त्यसवेला सम्झिन्छु– भूमिगत संगठन, भूमिगत रुपमा कृयाशील सशक्त कार्यकर्ता पंक्ति तथा त्यसैको नेतृत्व र योजनामा परिचालित निरंकुश व्यवस्थाको विरोध र भण्डाफोर गर्ने त्यो अभियान !

त्यसवेला पञ्चायती निरंकुश व्यवस्थाले योजनाबद्ध रुपमा हुर्काएका फाशिष्ट तत्वसित बहुत साहसका साथ मुकाबिला गर्ने एउटा योद्धा हुनुहुन्थ्यो- कमरेड बोम ! विद्यार्थीहरुको निरंकुश व्यवस्थाका पक्षधर गुण्डाहरु विरुद्धको लडाइँमा गुल्मीमा अग्रपंक्तीमा कुशल संयोजन उहाँकै अगुवाईमा हुने गर्थ्यो। मण्डलेहरु सितको लडाइँको मोर्चामा गुल्मीमा कमरेड बोम बहादुर खड्काले धेरैपटक कुटाइ खानुपरेको थियो, तम्घासको माटोमा धेरैपटक रगत बगाउनु भएको थियो । बोमबहादुर जात–थरले खड्का भएपनि आफूलाई ‘प्रदेज’ भन्न रुचाउनु हुन्थ्यो, त्यसबेला ।मतलब, ‘प्रगतिशील, देशभक्त र जनवादी’ !यसले उहाँको समर्पण र निष्ठालाई नै व्यक्त गर्दथ्यो ।

आज कमरेड बोमलाई सम्झिरहँदा–गुल्मीमा कम्युनिष्ट राजनीतिबाट प्रभावित गाऊँहरु: भडकुवा, थानापति–थोर्गा, बलेटक्सार–बम्घा, दिगाम–हर्दिनेटा, पूर्व–उत्तरको मगर जाति बहूल चर्चित गाऊँ- ठूलो लुम्पेक, आँपचौर, वामी टक्सार र खड्गकोट, नयाँ गाऊँ र जैसीथोक...आदिमा संगठन निर्माण गर्दा सँगै हिडेका क्षण दिमागमा आइरहे...!

हार्दिक श्रद्धान्जली कमरेड बोम बहादुर खड्का !

कमरेड दिलशोभा पुनलगायत शोकमा रहनुभएका सम्पूर्ण परिवारजनमा गहिरो समवेदना !

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।