बागलुङको निसिखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

कमल पौडेल✍️

बागलुङ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब १ सय ५० मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।