आगामी निर्वाचनमा एमालेको बहुमत आउँछ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे ।

दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए ।

‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उनले भने, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुयाउँछन् ।’

शनिबार गृह जिल्ला आउनुभएका अध्यक्ष ओली सोमबारसम्म दमकमा रहने बताइएको छ ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।