गुल्मीको वामीटक्सारमा एमालेको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेपाल कम्युनिष्ट पार्टी एमालेको आयोजनामा मुसिकोट नगर कमिटीको चौथो पुर्ण बैठक तथा नगरस्तरीय प्रशिक्षण कार्यक्रम वामीटक्सारमा सम्पन्न भएको छ। केन्द्रिय सचिब गोकर्णराज बिष्ट,जिल्ला पार्टी इन्चार्ज दिनेश पन्थी,जिल्ला सचिब गणेश पाली,प्रदेश सभासद खडक के सी,नगरप्रमुख जीवन खरेल प्रदेश कमिटी सदस्यहरू क्रमश शोमनाथ सापकोटा,कमला शर्मा,हिरा ए सी,उपत्यका बिशेष कमिटी सचिबालय सदस्य राजेन्द्र अर्याल लगायतका नेताहरूले प्रशिक्षणमुलक मन्तब्य राख्नु भएको थियो।

आषन्न मंसिर ४ गते सम्पन्नहुन गइरहेको प्रदेश तथा संघिय निर्बाचनमा सुर्य चिन्हका उम्मेदवार लाई बिजय गराऊनका लागि नगर पार्टीले आबश्यक निर्णयहरू समेत गरेको छ। दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाई पराजित गरौं,जबजको मार्गदर्शनमा समाजबादको आधार निर्माण गरौं भन्ने मुलनाराका साथ आगामी निर्बाचन लाई केन्द्रितगरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता,उपाध्यक्ष रामबहादुर थापा को स्वागत मन्तब्य र सचिब गेपिकृष्ण खरेलको संचालनमा आजको कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।