एमाले केन्द्रीय कमिटी सचिव गोकर्ण विष्ट पुस १२ गते गुल्मीको वामीटक्सार आउँदै

 रामकृष्ण कंडेल,वामीटक्सार ✍️

 नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी जिल्ला क्षेत्र नम्बर २ का सभासद गोकर्णराज विष्ट पौष १२ गते सोमबार गुल्मीको वामीटक्सार आउदै हुनुहुन्छ l राष्ट्रिय युवा संघ नेपाल मुसिकोट नगर कमिटि ले आयोजना गरेको प्रथम नगर सम्मेलन तथा एमाले मुसिकोट नगर कमिटि ले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी सचिव विष्ट लाई आमन्त्रण गरिएको नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताउनुभयो l 

 नगर कमिटी अध्यक्ष काफ्लेका अनुसार पौष १७ गते शनिबार आयोजना गर्ने भनिएको युवा सङ्घको नगर सम्मेलन विशेष कारणबस पौष १२ गते लाई सारिएको छ l पौष १२ गते आयोजना गरिएको युवा सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागि पार्टीको तर्फबाट तयारी बैठक सम्पन्न भइसकेको काफ्लेले जानकारी दिनुभयो l 

 पौष १२ गते युवा हरू को नगर सम्मेलन उद्घाटन तथा पार्टी कार्यकर्ता हरु को लागी हालैमात्र नारायणघाट मा सम्पन्न पार्टीको केन्द्रीय महाधिवेशन पश्चात पार्टीले लिएका नीति कार्यक्रम तथा पार्टी कार्यकर्ताहरु ले अवलम्बन गर्नुपर्ने कार्य दिशा हरुको बारेमा पार्टीका केन्द्रीय सचिव,पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सभासद तथा लोकप्रिय युवा नेता गोकर्णराज विष्ट लाई विशेष प्रशिक्षण कार्यक्रम मा प्रमुख बक्ता को रूप मा आमन्त्रण गरिएको ले यस कार्यक्रम लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नगर कमिटीका अध्यक्ष काफ्लेले मुसिकोट नगरभित्रका एमाले पार्टी का सम्पूर्ण वडा कमिटीहरु लाई सक्रियताका साथ लाग्नका लागि विशेष आग्रह गर्नु भएको छ l  

एमाले मुसिकोट ले आफ्नो प्रथम नगर अधिवेसन सम्पन्न गरेपश्चात पार्टीका जनवर्गीय संगठनहरुको नगर सम्मेलनहरू छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ l पार्टीको ब्याकबोन को रूपमा रहेको राष्ट्रिय युवा संघ नेपाल को नगर सम्मेलन को आयोजना तथा पार्टीको अगुवा कार्यकर्ताहरु लाई उपस्थित गराई केन्द्रीय सचिव मार्फत प्रशिक्षण कार्यक्रम आयोजना गर्नु लाई राजनीतिक क्षेत्रका जानकारहरु ले  यस कार्य लाई अर्थपूर्ण रुपमा लिएका छन् l

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।