एमालेबाट छानिए सबैभन्दा कान्छा प्रतिनिधि ,१७ वर्षका रन्जित अधिवेशन प्रतिनिधि

कृष्ण अन्जान✍️

विभिन्न पार्टीका अधिवेशन हरु सम्पन्न भएका छन र केही अधिवेशन हुनेक्रममा छन ।

पछिल्लो समयमा नेकपा एमालेले जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु छान्दै गर्दा रुरुक्षेत्र गाउँ पालिका वडा न ४ बलेटक्सारबाट जिल्लामै सबै भन्दा कान्छा प्रतिनिधिकाे रुपमा रन्जित ज्ञवाली छानिएका छन ।

मात्र १७ वर्षका रन्जित नेकपा एमाले निकट अनेरास्ववियुका रुरुक्षेत्रका सह इन्चार्ज समेत हुन ।गत वर्ष स्थानिय ज्ञवा बलेटक्सार माध्यमिक विध्यालय बाट एसईइ परीक्षा उत्तीर्ण गरि कक्षा ११ मा पढदै गरेका रन्जित ज्ञवालीले अनेरास्ववियुकाे प्रतिनिधित्व गर्दै रुरुक्षेत्र ४ बलेटक्सारबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधित्व गर्ने मौका पाए र सबै भन्दा कान्छा प्रतिनिधि बने ।

सानै देखि कम्युनिस्ट राजनीतिमा अाकर्षित ज्ञवाली सामाजिक अभियन्ता समेत हुन ।

कक्षा नौमा पढ्दै जय सरस्वती माता फाउण्डेसनकाे स्थापना गरि काेभिडले असर गरेका विपन्न समुदायमा खाद्दान्नका बाेरा बाेकेर सामाजिक उत्तरदायित्वकाे काममा सँलग्न थिए र दर्जनौं काेभिडले राेजगारी गुमाएका परिवारका लागि खाद्दान्नकाे जाेहाे गरिदिएका थिए ।

मुख्यतया सरकारी कर्मचारी , शिक्षक र जन प्रतिनिधिहरुका छाेराछाेरी सामुदायिक विध्यालयमा पढाउनु पर्छ भन्ने माग दह्रो सँग उठाएका ज्ञवाली याे क्षेत्रकाे विध्यार्थी आन्दाेलनमा राम्रै सँग भिजेकाे नाम हाे ।

राजनीतिलाई सँस्कार युक्त बनाउनु पर्छ भन्ने मान्यता राख्ने रन्जित ज्ञवाली नेकपा एमालेकाे सबै भन्दा कान्छाे अधिवेशन प्रतिनिधिकाे रुपमा एमाले गुल्मीकाे नवौ जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्ने छन ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।