कार्यकर्ताका लागि भदौदेखि स्कुल सञ्चालन गरिने

नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना पारित गरेको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले कार्ययोजना पारित गर्दै आगामी भदौ महिनादेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वताउनुभयो । प्रशिक्षण जनसंगठनबाट शुरू गर्न लागिएको छ । भदौ २ गतेदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भाग लिन पाउने भएको छ । प्रशिक्षण तीनदिने हुने छ भने चालीस जनाको सहभागिता रहने छ । 

त्यसपछि राष्ट्रिय युवा संघका युवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ । क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभरमा सात\आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले वताउनुभयो । 

प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिनु हुने छ । 

नेकपा (एमाले) मा स्थानीय निर्वाचन अघि र त्यसपछि पनि निरन्तर पार्टी प्रवेश चलिरहेको र अहिले पार्टीमा हजारौंको संख्यामा नवप्रवेशी रहनुभएकाले उहाँहरूलाई पनि पार्टीले प्रशिक्षण दिने भएको छ । उपमहासचिव ज्ञवालीले नवप्रवेशी लक्ष्यित प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरिएको वताउनुभयो । उहाँले भन्नुभयो– ‘नवप्रवेशी साथीहरूलाई एमालेको काम गर्ने शैली, संस्कार, मूल्य–मान्यता लगायत विषयमा प्रशिक्षित गर्ने योजना रहेको छ ।’ 

असोजदेखि दुई महिना सिङ्गो पार्टीपङ्ती निर्वाचनमा केन्द्रित हुने भएकाले विभागले आफ्नोे बार्षिक कार्ययोजना अन्तर्गतको निर्धारित कामलाई पुसदेखि पुनः निरन्तरता दिने छ । पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । 
विभागले पाठ्यसामग्री तयारी र प्रकाशनलाई पनि कार्ययोजनामा राखेको छ । विभाग प्रमुख ज्ञवालीले पाँच\छवटा पुस्तक तयार भइसकेका र प्रकाशन गर्ने योजना रहेको बताउनुभयो । 

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।