निर्वाचन राष्ट्रियता पक्षधर र राष्ट्रघाती विचको लडाइँ : एमाले नेता ज्ञवाली

कृष्ण अन्जान,पुर्तिघाट गुल्मी✍️

नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले यो निर्वाचन राष्ट्रियताको रक्षा र राष्ट्रघातको बिचको लडाइँ भएको बताउनु हुँदै जनताको भोट राष्ट्रियता विरोधिहरुका लागि देश बन्धकि राख्ने लाईसेन्स बन्न नहुने बताउनु भएको छ ।

गुल्मीको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारमा नेकपा एमाले गाउँ कमिटीले आयोजना गरेको चुनाव केन्द्रित कार्यकर्ता भेलामा बोल्दै गुल्मी क्षेत्र न १ का सँघिय साँसदका उम्मेदवार समेत रहेका प्रदिप कुमार ज्ञवालीले गठ बन्धन सँगकाौ त्रासबाट मुक्त हुन कार्यकर्ता लाई आग्रह गर्दै राष्ट्रिय स्वाभिमानमा कहिल्यै आँच आउन एमालेले नदिएको दावि गर्नुभयो।

नेता ज्ञवालीले गठवन्धन सरकार बनेपछि विकासका कुनै काम नभएको र एमालेले शुरुगरेका विकास आयोजना र सडकका बजेट कटौती गरेको र गुल्मीका ३५ वटा सडकको वजेट काटेर विकास विरोधी काम गरेको बताउनु भयो।

कालीगण्डकी करिडोर चिन भारत जोडने राजमार्गको रुपमा विकास भईरहँदा आफ्नो पहलमा भएको कामले यो क्षेत्रका जनता लाभान्वित भएकोमा खुशि लागेको बताउनु हुँदै नेता ज्ञवालीले गरेको कामलाई जस्ताको तस्तै भन्नु पर्ने र अरुले जस्तो नगरेका कामले सामाजिक सन्जाल रँगाउने काम आफुले नगरेको बताउनु भयो।

विस्तारित बैठकमा आफ्नो प्रतिबद्धता राख्दै नेकपा एमाले क्षेत्र १प्रदेश क का उम्मेदवार चिन्तामणी पाण्डेले गठवन्धन नेपाल र नेपालीको हितमा नभएको बताउनु हुँदै विदेशीको इसारामा एमालेका विरुद्धमा गरिएको अपवित्र गठवन्धन भएको बताउनु भयो। प्रदेश सदस्य क का उम्मेदवार पाण्डेले विकास र समृद्धिका लागि आफू सधै गुल्मेली जनता सँग हातेमालो गर्दै हिँज पनि लागेको र आगामी दिनमा जनताको काममा समर्पित रहने प्रतिबद्ध व्यक्त गर्नु भयो।

कालिगण्डकी गाउँ पालिकाको विस्तारित वैठक तथा कार्यकर्ता भेलामा बोल्दै नेकपा एमालेका गुल्मी जिल्ला अध्यक्ष बालशिँह काउछाले पार्टी कार्यकर्ता हरु अनुशासित बन्नु पर्ने धारणा राख्नु भयो। अध्यक्ष काउछाले विगतको समिक्षा भईसकेकोले अव भविष्य तय गर्ने बाटोमा लाग्न पार्टीको नीति , कार्यक्रम , समृद्धि र विकासको यात्राको व्यापक प्रचारप्रसार गर्दै एमालेको पक्षमा माहौल सिर्जना गर्न र मतदाता शिक्षाला अगाडी बढाउन समेत कार्यकर्तालाई आग्रह गर्नु भयो।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजि ढकालको अध्यक्षतामा भएको एमालेको विस्तारित वैठक र वृहत् कार्यकर्ता भेलामा कालीगण्डकी गाउँपालिकाका सातै वटा वडाको सम्बन्धित पार्टीका वडा कमिटी अध्यक्षहरुले रिपोर्टिङ गर्नुभएको थियो ।

भेलाले नेपाल एमालेका अध्यक्ष रामजी ढकालको सँयोजकत्वमा ५ सय ५५ सदस्यीय नेकपा एमाले कालीगण्डकी निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।

कार्यक्रम सन्चालन नेकपा एमाले कालीगण्डकी गाउँपालिका कमिटीका सचिव शेर वहादुर बुढाले गर्नुभएको थियो।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।