बस्तिहरूको सुरक्षा र डरे खोलामा पुल निर्माण गर्न सांसद मैनाकुमारी भन्डारी को माग

रामकृष्ण कंडेल✍️

सांसद मैनाकुमारी भन्डारीले प्रतिनिधि सभाको आजको शून्य र विशेष समयमा बोल्दै गुल्मी जिल्लाका नदि तटिय क्षेत्रका बस्तिहरूको सुरक्षाको माग गर्नुभएको छ।सांसद भन्डारीले गुल्मी जिल्लाको क्षेत्रनं १ र २ का १४ वडाका प्रमुख बस्तिहरू बर्षायाममा असुरक्षित रहेको बताऊनु भएको छ। संसदमा बिशेष समय लिएर बोल्दै सांसद भन्डारीले वामीटक्सार,भुवाचिदी,ईन्द्रेगौंडा,मजुवा,चोरकाटे,उल्लिखोला,खैरेनी,साघाट बडिगाड नदिको कारण असुरक्षित रहेकोले त्यहाका बासिन्दाहरू ढुक्कताका साथ निदाऊने बाताबरण बनाऊन सरकार संग बिशेष माग गर्नुभएको छ।नदि कटानले बर्षेनी यस क्षेत्रको हजारौं रोपनी जग्गा बगाऊने गरेको सांसद भन्डारीले जानकारी दिनुभयो।

डरे खोलाले हरेक बर्ष गाडीहरू बगाई ठुलो जनधनको क्षति हुनेगरेको बताऊदै उक्त खोलामा तत्काल पक्कि पुल निर्माणको लागि सांसद भन्डारीले सरकारको ध्यान आकर्षण गराऊनु भएको छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।