गुल्मीमा एमाले जिताउन बुटवलमा रहेका गुल्मेलीले गरे प्रतिबद्धता

कृष्ण अन्जान,बुटवल✍️

नेकपा एमालेका उम्मेदवारहरुलाई गुल्मीका दुईवट सँघिय र चारवटा प्रदेश सभासदमा जिताउन प्रतिबद्धता जनाउँद एमाले निकट रुपन्देही सम्पर्क मञ्चको विस्तारित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ l   

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताउँदै देशको अर्थतन्त्र ओरालो लागेको बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए । 

विस्तारित बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं। १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताउँदै पाण्डेले एमालेको ०५१ सालको ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको बताउँदै पाण्डेले थपे सामाजिक सुरक्षा भत्ता ९बृद्ध भत्ता० स्वरुप एमालेले लिएको नीतिले आमा बुवाहरुको अनुहार उज्यालो भएको बताउँदै देशको माटो सुहाउँदो नीति अंगिकार गर्ने एमालेको विजय बनाउन सबै जनसमुदाय एकाकार हुनुपर्ने बताए । एमालेले लिएका नीतिले गर्दा देश समृद्ध हुँदै गएको पाण्डेको भनाइ थियो । 

बैठकमा निवर्तमान प्रदेसभा सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य खड्क के सि ले आफुले भोगेको चुनाव र अब गर्नुपर्ने कार्यबारे आफ्नो धारणा राखेका थिए । बैठकमा मञ्चका अध्यक्ष हेम बहादुर थापाले मन, वचन र कर्मले एमालेको विजयी यात्रा सुनिश्चित गर्न आफू नेतृत्वको कमिटीले कुनै कसुर बाँकी नराखी अगाडि बढेको र अब पनि निरन्तरता दिने बताए । बैठकमा दिपक ज्ञवाली, पुरुषोत्तम पाण्डे, माधव ज्ञवाली, लक्ष्मी पाण्डे, पवन हभट्टराई, मनोज गौतम, राज शाह, हपदम अर्याल लगायतले आ(आफ्नो क्षेत्रबाट गर्न सकिने भूमिका र सो भूमिका सम्बन्धि प्रतिबद्धता पेश गरेका थिए ।

बैठकमा चुनाव परिचालन, समय व्यवस्थापन, माहोल सिर्जना कसरी गर्ने, नेता कार्यकर्ताको अनुशासन, गविपक्षीले फैलाउने अफवाह कसरी चिर्ने, मतदातालाई कसरी लैजाने ल्याउने लगायत विभिन्न विषयमा छलफल अन्तरक्रिया भएको थियो । बैठकमा गत असोज ८ गते सम्पन्न राजनीति प्रशिक्षणको प्रगति तथा आर्थिक प्रतिवेदन कार्यक्रम संयोजक विष्णुप्रसाद भण्डारीले पेश गरेका थिए । कार्यक्रममा संघिय चुनाव परिचालन कमिटी साथै प्रदेश चुनाव परिचालन कमिटी, प्रचारप्रसार कमिटी, यातायात व्यवस्थापन कमिटी लगायतका कमिटीहरु गठन गरिएको छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।