एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन १५ एजेण्डा

काठमाडौं । नेकपा (एमाले) को बहुचर्चित केन्द्रीय कमिटीको बैठकमा आजबाट सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम हस्पिटालिटीमा आजबाट सुरु हुने बैठकमा १५ एजेण्डा तय भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज ११ बजेदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने छ ।

तामाङका अनुसार बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन र स्थायी कमिटीको गठन रहेका छन । यसैगरी केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण रहेका छन ।

यस्तै विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ ।

एमाले महाधिवेशनलगत्तै पहिलो बैठक बसे पनि लामो कार्यसूचीसहितको बैठक शनिबारदेखि बस्दैछ । बैठकले संगठन सुदृढिकरणको ठोश खाकासमेत ल्याउने छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।