कांग्रेस महाधिवेशनः यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौं । कांग्रेस निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।

यस्तै दाबी विरोधको समय शनिबार नै बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन पनि शनिबार नै राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै, मनोनयनपत्र फिर्ताका लागि २६ मंसिर अर्थात् आइतबार बिहान ११ बजेसम्म तोकिएको छ ।

यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २७ मंसिर बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणना लगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै हुनेछ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरूको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले महासमितिबाट संशोधित विधान र देशको संविधानअनुसार महाधिवेशनबाट समावेशी हिसाबले विभिन्न आठवटा क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यसहित १ सय ३४ जना निर्वाचित गर्दै छ ।

कार्यसमितिमा आठ जना सहमहामन्त्रीसहित विभिन्न क्लस्टर र भौगोलिक क्षेत्रबाट ४० जना महिला केन्द्रीय समितिमा पुग्नेछन् । यस्तै, दलित ९, आदिवासी–जनजाति १५, खसआर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । सबै क्लस्टरमा महिला कोटा आरक्षित छ । खुलाबाट ३५ सहित अल्पसंख्यक र अपांगता भएकाबाट एक÷एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

एक सभापतिसहित दुई(दुई जना उपसभापति र महामन्त्री भने खुला प्रतिस्पर्धाबाट चुनिनेछन् । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकेको छ ।

महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । बाँकी सदस्य भने निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ । तर, मनोनीत गर्दा विभिन्न विधा र क्षेत्रलाई भने ध्यान दिनुपर्छ ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।