एक सादगी कम्युनिष्ट नेता प्रदीप कुमार ज्ञवाली

गुल्मी जिल्ला को रुरुक्षेत्र गाउँपालिका मा जन्मिनुभएका एमाले नेता कमरेड प्रदीप कुमार ज्ञवाली एक सच्चा र सादगी नेताको रुपमा छवि भएको निडर र दुरदर्शि नेता हो। ११ बर्षकै कलिलो उमेरमा गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा भाग लिएर राजनैतिक यात्रा सुरु गर्नु भएको नेता प्रदीप कुमार ज्ञवाली आज पार्टिको केन्द्रिय उप-महासचिव को जिम्मेवारी मा हुनुहुन्छ । आफ्नो राजनैतिक जीवनमा कहिल्यै बिक्षिप्त नदेखिने ज्ञवाली अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो छवि बनाउनु भएको छ । कसैको आडमा उभिएर नेता हुनु भन्दा आफ्नै भुमिकाले नेता हुनुपर्दछ भन्ने मान्यता राख्ने नेता ज्ञवालीको राजनैतिक यात्रा वार्ड स्तरदेखि सुरु गरि हालको जिम्मेवारी मा पुग्नु हुँदा सम्म कुनै पनि पद छैन कि उहाँले जिम्मेवारी नसम्हालेको होस् ।

देशका ठुला ठुला बार्ता मा उहाँ को नेतृत्व रहदै आएको छ ।माओवादी लाई शान्ती प्रक्रियामा ल्याउदा सरकारी बार्ता टोलिमा होस या सुडान घोटाला काण्डमा त्यो समय निरन्तर ,भारत संग १९५० को सन्धि पुनरावलोकन गर्नको लागि बनाएको समितिको निर्णायक भुमिकाले आज नेपाल को पुरानो भुभाग समेटिएको नक्सा जारी भएको हो।हालका अर्थ मन्त्रीले गरेको कर्तुतमा (मन्त्रालय को सि सि टि भि फुटेज गाएब ) समेत संसदिय छानबिन समितीमा हुनुहुन्छ नेता ज्ञवाली ।पर्यटन मन्त्री हुँदा उहाँकै पहलमा नेपाल का थुप्रै प्राकृतिक सम्पदालाइ बिश्वसम्पदा सुचिमा राख्न खेलेको भुमिका अतुलनीय छ।त्यसैगरि परराष्ट्रमन्त्री हुँदा स्पष्ट परराष्ट्र नीति,भारत, चीन ,अमेरिका, बेलायत जस्ता देश संगको कुटनैतिक सम्बन्ध बलियो रहेको कुरा इतिहास मै लेखिएको छ । प्रदीप कुमार ज्ञवाली परराष्ट्र मन्त्री हुँदा दुई पटक भारतिय प्रधानमन्त्री नेपाल आए,दुई पटक नेपाल का प्रधानमन्त्री भारत जानुभो,३० बर्ष पछि छिमेकी मुलुक का राष्ट्रपति नेपाल भ्रमण गरे,अमेरिका बेलाएत लगाएत को राष्ट्र संघको मैत्रीपुर्ण सम्बन्धले ईतिहास कोरेको छ।देशको जिम्मेवार संगै पार्टीको जिम्मेवारी पनि उत्तिकै हैसियतमा लैजान सक्ने दुरदर्शिनेता हो प्रदीप कुमार ज्ञवाली।ब्यस्तताको बाबजुत प्रत्येक महिना आफ्नो गृह जिल्ला आउन भुल्नु भएन,आउदा यहाँका हरेक बिकास निर्माण का कार्यमा देखाउनु भएको तत्परता र अनुगमन उदारणिय छन।नेता प्रदीप कुमार ज्ञवाली ज्यु को निरन्तर फलोअप मा १० औं बर्ष बन्न नसकेको रिडी को झुलुङ्गे पुल सम्पन्न भएको छ ।

जिल्लामा ४२ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस आङ्गिक बनेको छ,गुल्मीको रुरुक्षेत्र रानिबास शृङ्गेश्वर बहुमुखी क्याम्पस मा कृषि पढाइ हुन थालेको छ जसका कारण कृषि बिज्ञान पढ्न कै लागि जिल्ला बाहिर र केन्द्र धाउनु प्रर्ने बाध्यता हटेको छ।त्यस्तै जिल्ला मजुवा मा सिभिल इन्जिनियरिङ पढाइ हुन थालेको छ।चर्को शुल्क बोकेर इन्जिनियरिङ अध्ययन को लागी जिल्ला बाहिर र केन्द्र धाउनुपर्ने  बाध्यता हटेको छ l

नेता प्रदीप कुमार ज्ञवाली को पहलमा जिल्लामा रेसुङ्गा विमान स्थल तयार भएको छ ।जिल्ला मा २५ बेड को अस्पताल तयार भएको छ। करोडौं को लागतमा अक्सिजन जिल्ला मै उत्पादन भएको छ,उहाँकै पहलमा जिल्ला मै पि सि आर टेष्ट हुन थालेको छ । नेता प्रदीप कुमार ज्ञवाली को पहल मा जिल्लाका विभिन्न ४० सडक कलोपत्रे को लागि बजेट बिनियोजन भइ काम थालनी भएको छ,केहीमा ग्राभेल सकिएको छ।रिडी दिगाम शृङ्गा सडक, खर्ज्याङ्ग चारपाला घुम्टि सडक ,त्यस्तै राष्ट्रका ठुला योजना नेता प्रदीप कुमार ज्ञवाली कै पहल मा सम्पन्न हुने क्रम मा छन l कालीगण्डकी करिडोर उहाँ को पहल मा चार बर्ष मा नयाँ ट्याक खोलेर पनि २१ किमि कालोपत्रे हुँदै छ l त्यो सकिना साथ गुल्मी खण्डको दोस्रो बजेट बिनियोजको आधार तयार भएको रातो किताव मै छ ,त्यस्तै मदन भण्डारी राजमार्ग क र ख को कार्य धमाधम भइ रहेको छ। गुल्मी रिडी मा केन्द्र र प्रदेश सरकार को बराबरी बजेट बिनियोजन गरि प्रदेशको गौरवको आयोजना चलिरहेको छ । यस बाहेक जिल्लामा थुप्रै खानेपानी आयोजना अन्तरगत प्रत्येक गाउँमा खानेपानी को योजना एक घर एक धारा को कार्य सम्पन्न भएका छन । दौवा मा बर्षौ देखि बिद्यमान खानेपनि समस्या समाधान भएको छ ।बलेटक्सार , च्युरेक भट्कुवा रिडी,शान्तिपुर, थानापती तम्घास छत्रकोट जस्ता ठाउमा खानेपानी आयोजना केही सम्पन्न भएका छन भने केही अन्तिम चरणमा छन l

जिल्ला का सबै क्षेत्रलाई समेट्ने गरि रिडीमा बृहत् चिस्यान केन्द्र निर्माणाधिन छ । गुल्मीले प्रदीप कुमार ज्ञवाली जस्तो असल ,निष्ठावान,दुरदर्शि नेता पाउनु हामी सबैको गर्व को कुरा हो। एउटा कुशल छवि भएको नेता भोलि देशको अर्थ मन्त्री ,देशको गृहमन्त्री समाल्ने क्षमता भएको नेता हो ज्ञवाली । नेता ज्ञवाली ले भोलि देश र पार्टी को नेतृत्व समाल्ने हुदा हामी उहाँको अनुयायी हुन पाउनु नै खुशीको कुरा हो,त्यसैले सबै हातमा हात,काँधमा काध राखेर सबैले साथ दिनु नै हामी सबैको दायित्व हो l नेता जो कोहि हुन्छ तर असल नेतृत्व भाग्यले पाउने हो त्यो सौभाग्य गुल्मीको जनता ले पाएका छन । त्यसैले मलाई गर्व छ एमाले हुनु र नेता ज्ञवाली को अनुयायी हुनु मा ,गर्व छ गुल्मेली हुनुमा।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।