स्व.बेगप्रसादको निधनको कारण वामीटक्सार बजार बन्द
युजिन,वामीटक्सार✍️
गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडानं ७ वामीटक्सार बजार निवासी प्रतिष्ठित व्यवसायी तथा समाजसेवी वेगप्रसाद शाक्यको हिजो फागुन १५ गते भएको असामयिक दुखद निधनको शोकमा आज वामीटक्सार बजारका सबै पसलहरू बन्द रहे।
लामो समय अगाडि देखि अस्वस्थ शाक्य उपचारको क्रममा हिजो निधन भएको हो।मृतक शाक्यको पार्थिब शरिर लाई हिजो उहॅाको वामिटक्सार स्थित निवासमा ल्याई आज बिहान ८ बजे सम्म श्रद्धाञ्जली दिनका लागि राखिएको थियो।मुनपा ७ स्थित परम्परागत घाटमा उहॅा लाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति उपसभापति भुवन प्रसाद श्रेष्ठ,नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका पुर्ब उपसभापति बिष्णु वलाल,प्रदेश समिति सदस्य कल्पना घिमिरे,नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीका कोषाध्यक्ष अखिलेस्वर पान्डे,नेपाली कांग्रेस जिल्ला सदस्य हरिनारायण सापकोटा,वडाध्यक्षहरू हरिहर सापकोटा,रबिन्द्र के सी,नेकपा एमाले जिल्ला कमिटी सदस्य भुवन के सी,नेकपा एमाले जिल्ला कमिटी सदस्य नारायण सापकोटा,नेकपा एमाले मुसिकोट नगर कमिटी सचिब रामकृष्ण कंडेल ,नेपाली कांग्रेस मुसिकोट नगर सभापती झबिलाल भन्डारी,नेपाल महिला संघ गुल्मीका अध्यक्ष मिना पान्डे,युवा संघ जिल्ला कमिटी सचिब सन्दिप खत्री,लगायत शाक्यका शुभचिन्तकहरू ठुलो संख्यामा सागरमा उपस्थित हुनुहुन्थ्यो।
मुसिकोट नगरपालिका वडानं ७ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिहर सापकोटाले शाक्यको निधनले आफु अत्यन्तै मर्माहत बनेको बताऊनुभयो।युनिक खवर संगको कुराकानीमा अध्यक्ष सापकोटाले भन्नुभयोः"स्वर्गिय शाक्य जस्तो ब्यक्तित्व वामीटक्सारले पाऊन अव कठिननै छ”
शाक्यको निधनको खवर सुन्नासाथ तम्घास बाट वामीटक्सार आऊनुभएका बिष्णु वलाल लेख्नुहुन्छः’नेपाली कांग्रेस मुसिकोट नगर समितिका पुर्व उपसभापति तथा यस क्षेत्रकै वरिष्ठ समाजसेवी आदरणीय बेगप्रसाद शाक्य ज्यु प्रति भावपुर्ण श्रद्धाञ्जली।शाक्यज्युको असामयिक निधनबाट एक असल अभिभावकलाई सदाका लागी गुमाउनु परेको पीडा महसुस गरेका छौ।दिवंगत आत्माको बैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त पारिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ’
‘वामीटक्सार निवासी शाक्यज्युको असामयिक निधनबाट यस क्षेत्रले असल अभिभावकलाई सदाका लागी गुमाउनु परेको पीडा महसुस गरेका छौ’नेकपा एमाले मुसिकोट नगर कमिटी सचिब रामकृष्ण कंडेलको भनाई छ।
वामीटक्सार बजारमा पसल सन्चालन गर्दै आऊनुभएका ७० बर्षिय शाक्य आन्द्राको क्यान्सर रोगको उपचार गर्दै आऊनुभएको थियो।सरल,सहयोगी तथा भद्र स्वभाबका शाक्यको असामयिक निधनले वामीटक्सारबासिमा निराशा देखिएको छ।