जन्म दिनको अवसरमा २० थान कोभिड-१९ परिक्षणमा प्रयोग हुने भि.टि.एम सहयोग
सुनिल न्यौपाने ,गुल्मी
गुल्मीको इस्माँ गाउँपालिकाका सूचना प्राविधि अधिकृत बाबुलाल थापाले आफ्नो जन्म दिनको अवसर पारेर २० थान कोभिड-१९ परिक्षणमा प्रयोग हुने भि.टि.एम इस्माँ गाउँपालिकालाइ सहयोग गर्नु भएको छ। थापाले जन्म दिनको अवसरमा गरिने फजुल खर्च कटौती गरेर गाउँपालिकालाई २० थान कोरोना परिक्षण गर्ने भिटिएम किट उपलब्ध गराएको बताईएको छ। गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री र निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतको उपस्थितीमा भिटिएम प्रदान गरिएको हो।अहिले देश कोरोना कहरमा भएकाले सोहि बिषयमा सहयोग गर्ने बिचार गरेर भिटिएम प्रदान गरेको थापाको भनाई रहेको छ। यस्तो उदाहरणीय कार्य गरेकोमा इस्माँ गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले महान कार्य प्रति इस्माँ गाउँपालिकाका सूचना प्राविधि अधिकृत बाबुलाल थापालाई धन्यवाद दिनु भयो।