चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग
काठमाडौं

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको जनाएको छ।बुधबार ३४ वर्षीय एक बिरामीको उपचारको क्रममा मृत्यु भएको भन्दै एक मानिसको समूहले चिकित्सकलाई दुव्र्यवहार गरेको एशोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरुले चिकित्सकलाई अपशब्द प्रयोग गरी हातपात तथा अस्पताल तोडफोड गर्न खोजेको भन्दै एशोसिएसनले विरोध जनाएको हो।घटनामा संलग्न दोषिलाई छानबीन गरी कडा कारबाही गर्न एशोसिएसनले माग गरेको छ । उनीहरुले जेल विथआउट बेलको व्यवस्था गर्न पनि माग गरेको छ।
यता, बिरामी पक्षले बुधबार नै माफी मागिसकेको अस्पताल प्रशासनले जनाएको छ। बिरामीले माफी मागेका कारण घटनालाई बढावा दिन नहुने अस्पतालको भनाई छ।