लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन
रामकृस्ण कंडेल
साऊन३०

लुम्विनी प्रादेशिक अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ को ल्याव उद्घाटन भएको छ।सामाजिक बिकास मन्त्रि शुदर्शन बरालले आफ्नो स्वाव दिएर कार्यक्रमको उद्घाटन गर्नु भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।आज उद्घाटन गरिएको मेसिनले ४५ मिनेटमा रिपोर्ट दिन सक्छ।

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

नागरिक हरूको हित लाई मध्यनजर गर्दै प्रदेश सरकारले ल्यावको व्यवस्थापन तिव्रगतिमा गरिरहेको मन्त्री बरालले बताउनु भएको थियो।