एमालेले आयोजना गर्यो ददल्कामा शोकसभा

युनिक खवर✍️

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट ९ को वडा कमिटीले ददल्कामा शोक सभा सम्पन्न गरेको छ।आफ्नो पार्टीका कर्मठ,इमान्दार कार्यकर्ता डिलबहादुर बिक को असामयिक निधनको नबौं पुन्य तिथिको दिन उहॅाकै निवासमा शोक सभा आयोजना गरिएको हो।

वडा कमिटी उपसचिब मिना बि क लगायत परिवारजन प्रति गहिरो समबेदना तथा मृतकको आत्माको चिरशान्तिको कामनाका लागि पार्टीले शोक सभाको आयोजना गरेको बताईएको छ ।

नेकपा एमाले मुसिकोट नगर कमिटी सचिब रामकृष्ण कंडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर कमिटी सदस्य तथा कार्यपालिका सदस्य नन्दबहादुर बि क,नगर कमिटी सदस्य शान्ती परियार,वडा कमिटी उपाध्यक्ष डन्डबहादुर बि क,समाजसेवि तारानाथ खरेल,वडा कमिटी सदस्य जगलाल खरेल,शन्तबिर बि क,रामप्रसाद खरेल लगायतको बिशेष उपस्थिति रहेको थियो।

स्वर्गिय डिलबहादुर बि क को संझनामा १ मिनेट मौनधारण गरी शुरू गरिएको कार्यक्रममा स्वर्गिय डिलबहादुर बि क को जिवनी बारे प्रकाश पारिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नगर पार्टी सचिब रामकृष्ण कंडेलले स्वर्गिय डिलबहादुर बि क पार्टीको प्रतिबध्द सिपाही हुनुहुन्थ्यो भन्दै उहॅा लाई आफ्नो पार्टीले सधै संझिरहने प्रतिबध्दता ब्यक्त गर्नुभयो।प्रमुख अतिथि कंडेलले मृतकको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनहरू लाई धैर्य धारण गर्न आग्रह गर्नुभयो।

वडा कमिटी अध्यक्ष खड्क बहादुर खत्रीको अध्यक्षता तथा वडा कमिटी उपसचिब अर्जुन गौतमको सन्चालनमा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले मुनपा ९ ले जनाएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको