एमाले मुसिकोटले सचिबालय सदस्यहरू छान्यो
युनिक खवर✍️
नेकपा एमालेले मुसिकोट नगर कमिटीको दोस्रो बिस्तारित बैठकले सचिबालय सदस्यहरू चयन गरेको छ।पार्टिको काम लाई ब्यबस्थित गर्नका लागि सचिबालय गठन गरिएको छ।कामको मुल्यांकन,भुगोल,सांगठनिक अनुशाषनको मुल्यांकनगरी नगर कमिटी बैठकबाट सचिबालय सदस्यहरूको टुंगो लगाईएको नगर पार्टिले जनाएको छ।
नारायण बहादुर थापा,प्रतिमा घिमिरे,दलबहादुर थापा,डिलबहादुर परियार,भिमकुमारी नेपाली,जुक्त बहादुर छन्तेल,बालकुमारी राकस्कोटी,गोबिन्द खरेल,टोपनारायण सेरेष्ठ,यज्ञमुर्ती कंडेल लाई सचिबालय सदस्यमा निर्णय गरिएको नगर कमिटी सचिब रामकृष्ण कंडेलले बताऊनुभयो।
नेकपा एमाले मुसिकोट नगर कमिटीका ५ जना पदाधिकारीहरू,बैठक बाट चयन हुनुभएका ९ जना सदस्यहरु गरी हाललाई १५ जना सदस्यहरु रहेको नगर सचिबालयको गठन गरिएको छ।सचिबालय बैठकमा मुसिकोट नगरपालिकाका ९ ओटै वडा कमिटी अध्यक्षहरु लाई आमन्त्रित सदस्यको रूपमा बोलाऊने प्रचलन छ।