एमालेले सम्पन्न गर्यो स्व पिताम्बर खरालको सम्झनामा शोकसभा

नेपाल कम्युनिष्ट पार्टि एमाले मुसिकोट वडानं ९ को वडा कमिटीले आज स्वर्गिय पिताम्बर खरालको सम्झनामा शोकसभा कार्यक्रम सम्पन्न गरेको छ।मुनपा ९ लामाखेत स्थित स्वर्गिय खरालको निवासमा पुगेर कार्यक्रम आयोजना गरिएको हो।

मृतकको आत्माको चिरशान्तिको कामना एवम शोकाकुल परिवारजनहरू प्रति गहिरो समबेदना ब्यक्त गर्न एमाले पार्टिको तर्फ देखि उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा एमाले गुल्मीका उपाध्यक्ष तथा मेयर जिवलाल खरेल जीवन,नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,जिल्ला कमिटी सदस्य नारायण सापकोटा,गोपीकृष्ण खरेल,नगर कमिटी सचिब रामकृष्ण कंडेल,नगर सचिबालय सदस्य यज्ञमुर्ती कंडेल,वडा कमिटी उपाध्यक्ष डन्डबहादुर बि क,उपसचिब मिना बि क,कार्यपालिका सदस्य नन्दबहादुर बि क,नगर कमिटी सदस्य शान्ती परियार,नगर कमिटी सदस्य लक्ष्मी सापकोटा,वडा कमिटी सदस्य जगलाल खरेल,रामप्रसाद थरेल,प्रकाश खरेल,बाबुराम खरेल,माधब प्रसाद न्यौपाने,पदम बराईली,दुर्गादेवि खरेल,रिता कंडेल,प्रकाश न्यौपाने,केशब सापकोटा लगायतको बिशेष उपस्थिती रहेको थियो।

स्वर्गिय खराल को यहि माघ २९ गते ९१ बर्षको उमेरमा असामयिक निधन भएको र आफ्नो पार्टिको कुशल अभिभावकको रूपमा सम्मान स्वरूप पार्टिले यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम वडा कमिटी अध्यक्ष खडक बहादुर खत्रीको अध्यक्षता तथा वडा कमिटी सचिब नरेशराज खरेलको सन्चालनमा सम्पन्न भएको थियो।

एमाले पार्टिले तयार गरेको शोक मन्तब्यको पुर्णपाठ तल प्रस्तुत गरिएको छः

‘गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडानं ९ लामाखेत निवासी नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट ९ का परिपक्व अभिभावक,समाजसेवि ब्यक्तित्व पिताम्बर खरालको यहि मिति २०८१ माघ २९ गते ९१ बर्षको उमेरमा भएको असामयिक दुःखद निधनको खवरले हाम्रो पार्टी परिवार स्तब्ध भएको छ।शोकको यस घडिमा मृतक पिताम्बर खरालको चिरशान्तिको कामना तथा शोकाकुल परिवारजनहरु क्रमश नेपाल शिक्षक महसंघ मुसिकोट का नगर सचिब/ददल्का मा वि का प्रधानाध्यापक बुध्दिमणी खरेल,संगठित सदस्य गोमा खरेल,जापानमा कार्यरत छोरा/बुहारी चेतनारायण खरेल/गोमा,छोरी/जॅुवाईहरू ईन्द्रकला अर्याल नेत्रप्रसाद अर्याल,देबी सापकोटा/तोयनाथ सापकोटा,संगठित सदस्य पार्बती कंडेल/संगठित सदस्य पोमनारायण कंडेल,नातिनातीनाहरु सन्जय,सृजन,सपना,सन्ध्या,सुष्मा,मायॅा,बाबुराम,कमला,पबित्रा,नबराज,राजु,शेषकान्त,दीपक,प्रबिन,सरिता,सिता,अमृता,जेनिशामा गहिरो समबेदना ब्यक्त गर्दछौं’

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको