एमाले गुल्मी अध्यक्ष काउछाद्वारा प्रशासनिक गुण्डागर्दि प्रति खेद प्रकट
रामकृष्ण कंडेल,युनिक खवर✍️
नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष बालसिॅह काऊछाले गुल्मीको रूरूमा भएको प्रशासनिक गुण्डागर्दि प्रति खेद प्रकट गर्नुभएको छ।गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा विगत केही समयदेखी Smart Board खरीद प्रकरणलाई लिएर निकै विवादास्पद बन्दै गएको र त्यस सम्बन्धमा समाधानका लागि सहायक प्रजिअले गरेको फोन वार्ता र व्यवहार ठिक उल्टो रहेको अध्यक्ष काऊछाको बुझाई छ। “म,हामीसँग सहायक प्रजिअले गरेको फोन वार्ता र व्यवहार ठिक उल्टो रह्यो।सरोकारवाला संग वेवास्ता गर्दै गरिएको प्रशासनिक गुण्डागर्दि प्रति खेद प्रकट गर्दछु”अध्यक्ष काउछाको भनाई रहेको छ।
प्रशासनको आडमा भनिएको अनियमिततालाई ढाकछोप गरेर झडप निम्त्याउन खेलिएको छद्म खेल,भुमिका प्रति खेद,निन्दाले पनि पुग्ने छैन भन्दै जिल्ला पार्टी अध्यक्ष काउछा लेख्नुहुन्छः”अहिलेसम्म त यो स्थानिय समस्या हो भनेर वार्ता,संवाद कै माध्यमबाट समाधान होस भन्ने सोझो बुझाई थियो तर यो घटनाले गम्भीर बनाएको छ।जिल्लाको सुरक्षा निकायको प्रमुख जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै गलत नियत राखेर यस्ता खाले व्यवहार गरिन्छ भने टुलुटुलु हेरेर बस्न सकिदैन,समय मै समन्धित पक्षको ध्यान पुगोस,जिम्मेवार बन्न समेत अनुरोध छ”
यसैगरी रूरूमा बल प्रयोगगरी ताला खुलाएकोमा कडा बिरोध जनाऊदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुरुक्षेत्र गॅाऊ कमिटीको तर्फ बाट एक प्रेस विज्ञप्ति जारी गरिएको छ।
नेकपा एमाले रूरू गॅाऊपालिका कमिटी अध्यक्ष फर्सुराम ज्ञवालीद्वारा हस्ताक्षरित रेस विज्ञप्तिको पुर्णपाठः
“गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा विगत केही समयदेखी Smart Board खरीद प्रकरणलाई लिएर निकै विवादास्पद बन्दै गएको छ । मिती २०८२/०३/३० गते रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष मिनादेवि गौतम सहित २८ जना जनप्रतिनिधिले हस्ताक्षर गरी यो प्रकरणमा संलग्न दोषीहरु उपर सत्यतथ्य बाहीर ल्याई प्रचलित कानुन बमोजिम कारबाही गरीयोस् भनी ज्ञापनपत्र बुझाइएको थियो। उक्त कार्यप्रति विभिन्न सामाजिक संजालमा आएका विषयलाई लिएर मुद्दा उजुरी जस्ता कार्य गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गरेकोले र Smart Board खरीद प्रकरणको अनियमिततालाई ढाकछोप गर्ने प्रयास गरेकोले नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीको पहलमा उक्त दुवै जनाको कार्यकक्षमा ताला लगाइएको थियो र उक्त ताला २०८२/०४/०२ गते प्रशासनको आडभरोसामा जबरजस्ती ताला तोड्ने कार्य भएकोले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्ने पहल नगरी बलको प्रयोग गर्नुले समस्या झनै चर्किदै जाने स्पष्ट देखिन्छ । यस्ता प्रकियाबाट सिर्जना हुने समस्याको भागीदार गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत स्वयं हुनुपर्दछ। यो प्रकरणको छानबिन र दोषी माथी कारबाही नहुँदा सम्म हाम्रो पार्टी नेकपा एमाले र पार्टीबाट निर्वाचित २८ जना जनप्रतिनिधीको आन्दोलन अझै सशक्त बन्दै जाने कुरा समेत यसै विज्ञप्ती द्वारा जानकारी गराइन्छ”