एमाले उपमहासचिब ज्ञवॅाली गुल्मीका जनप्रतिनिधि अभिमुखिकरण कार्यक्रममा

रामकृष्ण कंडेल,तम्घास✍️

नेकपा एमालेका उपमहासचिब प्रदिप कुमार ज्ञवॅाली गुल्मीका जनप्रतिनिधि अभिमुखिकरण कार्यक्रममा सहभागी हुनुभएको छ।चैत्र ८ र ९ गते दुईदिन नेकपा(एमाले) जिल्ला कमिटी गुल्मीको स्थानीय विकास विभाग द्वारा आयोजित जनप्रतिनिधि अभिमुखिकरण कार्यक्रममा उपमहासचिब ज्ञवॅालीले बिशेष सम्बोधन गर्नुभएको हो।युबेसी रूरूक्षेत्रमा हिजो र तम्घासमा आज आयोजित कार्यक्रममा क्रमश क्षेत्रनं १ र २ का पालिकाहरूमा एमालेको तर्फदेखि निर्बाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पार्टीको तीन महिने अभियानको अवसर पारी आयोजित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि/प्रमुख प्रशिक्षक पार्टी उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नेकपा एमाले ले संचालन गरेको वडा केन्द्रित पार्टि निर्माण,सबलिकरण,जनता संग पार्टिको घनिष्टता र मिसन ८४ लक्षित राष्ट्रिय अभियान लाई साकार पार्नका लागि सम्पुर्ण जनप्रतिनिधिहरूको भुमिका महत्वपुर्ण रहेको बिचार ब्यक्त गर्नुभयो।कार्यक्रम सम्बोधनका क्रममा नेता ज्ञवॅालीले पार्टी नीति,नेतृत्व र समग्र कार्यदिशाका विषयमा प्रशिक्षणमुलक मन्तब्य राख्नुभएको थियो।

समृद्धि ,सुशासन र जनसमुदायले उठाउनु भएको आवाज , गुनासा र अपेक्षा पूरा गर्न सबै जनप्रतिनिधिहरू आआफ्नो स्थानमा कडाईका साथ लाग्नका लागि केन्द्रिय सदस्य जंग नेपालीले सबै संग आग्रह गर्नुभयो।

जरासंगै जनताको मनलाई पार्टीसंग जोड्न नेकपा (एमाले) ले वडा तहसम्म तीन महिने अभियान सञ्चालन गरेको नेकपा (एमाले) केन्द्रिय सदस्य तथा गुल्मी ईन्चार्ज दिनेश पन्थीले बताउनु भएको छ । 

जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा अभिमुखिकरण गर्दै जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले यो अभियान मार्फत २०८४ मा देशको तीनवटै तहमा नेकपा (एमाले)को सरकार निर्माण गर्दै एमालेको नीतिलाई राष्ट्रिय नीतिका रुपमा रुपान्तरण गर्दै देश र जनतालाई विकास र समृद्धिको बाटोमा डोर्याउने बताउनु भयो।कार्यक्रमका अध्यक्ष काउछाले चुनावको माध्यमबाट श्रमजीवी वर्गलाई राज्यको संरचनामा स्थापित गरेर समाजवादका आधारहरु तयार गर्ने र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्ने बताउनु भयो ।

पार्टीलाई स्पष्ट दिशा दिन पार्टीले तिनमहिने अभियान देशब्यापी रूपमा सन्चालन गरेको र गुल्मीमा पनि यस लाई सफलतापुर्बक अगाडी बढाईएको बिचार जिल्ला कमिटी सचिब धर्म बिश्वकर्माले हामिसंगको कुराकानीमा बताऊनुभयो।

कार्यक्रमको अध्यक्षता जिल्ला कमिटी गुल्मीको स्थानीय विकास विभाग प्रमुख तथा जिल्ला कमिटी उपाध्यक्ष जिवलाल खरेल जीवनले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको