गुल्मी आँपचौरका त्रीकामणि गैरे जापानको नदीमै मृत फेला

सपना साकार नहुदै गुल्मी आँपचौरका त्रीकामणि गैरे जापानको नदीमै अस्ताए

एउटा जोश र जागर सहितको भरिलो युवा नेपालमा भन्दा प्रदेशमै धन कमाछु र परिवारका सपना साकार पार्छु भन्ने अठोटका साथ ५ बर्ष अगाडि जापान गएका थिए “गुल्मी आँपचौरका त्रीकामणि गैरे”।

ठिकठाक चलिरहेको थियो उनको जीवन।आफ्नी श्रीमती सहित उनले जापानको एक होटलमा  काम गरिरहेका थिए। होटलमा काम गर्दै आएका गैरेको आम्दानी पनि राम्रै थियो।

उनका दुई छोरा भने नेपालमा छन्।वेला-वेलामा साथिभाईसँग जमघट गरेर रमाइलो गर्नु पर्छ भन्ने गैरेको भाव पनि थियो।त्यस्तै जमघट र रमाइलो कार्यक्रम हुँदा उनी सहभागी पनि हुने गर्दथे।अगस्ट १७ तारीख गत सोमबार उनको बिदा पनि थियो।

गैरेले कोठामा बसेर दिक्क हुनुभन्दा नदीको किनारमा रमाउने निधो गरे।त्यसैक्रममा उनले एक जना मिल्ने साथीलाई पनि लिएर जापानको सिनकोइवामा रहेको नदीमा गए।उनिहरु दुबै जना निकै रमाएका थिए।

नदीमा पौडीदै आनन्द लिदै गरेका गैरे एकछिनमै पानीमै बिलिन भए।उनको त्यो आनन्द,त्यो हर्ष र त्यो रमाइलो नदीले धेरै बेर टिक्न दिएन।पौडिने क्रममा गैरे डुबेको सँगै रहेका साथिले आभास त गरे तर उनलाई जिवित फेला पार्न भने सकेनन्।अन्ततःगैरे सधैकालागि नदीमै अस्ताए।

गैरेको स्थायी घर गुल्मी मुसिकोट नगरपालिका आँपचौर भएतापनि पछिल्लो समय उनका २ छोरा,आमा लगायतको परिवार बुटवलको कालिकानगरमा बस्दै आएका छन्।

उनको असामयिक निधनको खबरले जापानबासी नेपालीहरु स्तब्ध भएको आँपचौर सेवा समिति जापानका निवर्तमान अध्यक्ष महेन्द्र अधिकारीले बताए। अधिकारीका अनुसार उनको शव नदीबाट त्यहाँको स्थानीय प्रहरीले निकालेर अस्पतालमा पोस्टमार्टमका लागि लगेको थियो। मृतक गैरेको अन्तिम दाहसंस्कार पनि जापानमै गर्ने तयारी भैरहेको जानकारी दिइएको समाचार नमुना नेपालले प्रकाशित गरेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको