त्रिभुवन माविको महायज्ञ तयारी : वामीटक्सारमा अभियान टोलीको सक्रिय भेटघाट

युनिक खवर,वामीटक्सार

त्रिभुवन नमूना माध्यमिक विद्यालय, बडिगाड–२ खर्वाङले आयोजना गर्न लागेको श्रीमद्भागवत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञ–२०८२ को निमन्त्रणाको लागि विद्यालय अभियान टोलीले मुसिकोट नगरपालिका–७ वामीटक्सारमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

भेटघाटमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका अध्यक्ष विष्णुप्रसाद भुसाल,प्रधानाध्यापक ढालमणी भण्डारी,बिष्णु केसी लगायत सहभागी हुनुहुन्थ्यो। टोलीले स्थानीय राजनीतिक नेतृत्व,सञ्चारकर्मी तथा समाजसेवीहरू संग प्रत्यक्ष संवाद गर्दै महायज्ञमा सहभागी हुन आग्रह गर्नुभयो।

टोलीले नेकपा एमाले मुसिकोट नगर अध्यक्ष प्रकाश काफ्ले,वडाध्यक्ष हरिहर सापकोटा, युनिक खबर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल, समाजसेवी कृष्णहरी सापकोटा,लक्ष्मण फुल्लेल, गोपीकृष्ण खरेल र महेशबहादुर जिसी लगायत संग छुट्टाछुट्टै भेटघाट गरी कार्यक्रमको उद्देश्य र तयारीबारे जानकारी गराएको थियो।

वडाध्यक्ष हरिहर सापकोटाले महायज्ञ सफल बनाउन आफूले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।वडाध्यक्ष सापकोटाका अनुसार धार्मिक र शैक्षिक गतिविधिले स्थानीय पहिचानलाई अझ मजबुत बनाउनेछ।

त्यस्तै, भ्रमण टोलीमा सहभागी प्रधानाध्यापक ढालमणी भण्डारीले महायज्ञको प्रचार–प्रसारमा युनिक खबर डट कमले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो।

६६ वर्षे यात्रासँगै नयाँ उचाइको लक्ष्य

वि.सं. २०१७ मा स्थापना भएको त्रिभुवन नमूना मावि धौलागिरि अञ्चलकै पुराना शैक्षिक संस्थानमध्ये एक हो। विद्यालयले आगामी हीरक महोत्सवलाई ६६ वर्षे शैक्षिक यात्राको उपलब्धिलाई थप उचाइमा पुर्‍याउने अवसरको रूपमा लिनुभएको छ।

विद्यालयले आयोजना गर्न लागेको श्रीमद्भागवत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञ मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने बताइएको छ।प्राप्त सहयोग विद्यालय पूर्वाधार,शैक्षिक गुणस्तर र धार्मिक तथा शैक्षिक पर्यटन प्रवर्द्धनमा प्रयोग गरिने विद्यालयले जनाएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको