युवा संघको अध्यक्षमा थेवे निर्वाचित

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित हुनुभएको छ ।

संघको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट थेवे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।

मतगणना परिणाम अनुसार थेवेले अध्यक्षका अर्का प्रत्यासी सुमन पुरीलाई १९८ मत अन्तरले पछाडि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा एकहजार ४०४ मत खसेको थियो । जसमध्ये थेवेले ७९६ मत प्राप्त गर्नुभयो भने पुरीले ६०८ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं निर्वाचित हुनुभएको छ । यस्तै उपमहासचिवमा उपेन्द्र शाही, सचिवहरूमा मदन भण्डारी, निशा लिम्बू मोविन, अख्तर आलम र अरुण कुँवर निर्वाचित हुनुभएको छ । केन्द्रीय कमिटीका ६४ पदमा निर्विरोध भएको थियो भने नौ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको