एमाले मुसिकोटको दोस्रो पुर्ण बैठक सम्पन्न

युनिक खवर,वामीटक्सार✍️

नेकपा एमाले मुसिकोट नगर कमिटीको दोस्रो पुर्ण बैठक महत्वपुर्ण निर्णयहरू गर्दै संगठन मजबुत बनाऊने प्रतिबध्दताका साथ वामीटक्सारमा सम्पन्न भएको छ।

बैठकमा केन्द्रिय कमिटी सदस्य जंग नेपालीको प्रमुख आतिथ्यता,प्रदेश कमिटी सदस्य तथा नगर कमिटी ईन्चार्ज शोमनाथ सापकोटा,जिल्ला कमिटी उपाध्यक्ष जीवन खरेल,सचिब धर्म बिश्वकर्माको बिशेष उपस्थिती रहेको थियो।

बैठकमा प्रमुख अतिथि जंग नेपालीले दर्शन,सिद्धान्त,आर्थिक कार्यक्रम र सफल बिचार सहितको पार्टी नेकपा एमाले हो भन्दै यस लाई सबै नेता कार्यकर्ताहरू एकताबध्दभई अगाडि बढ्न जरूरी रहेको बिचार ब्यक्त गर्नुभयो। निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि वढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मुसिकोटका नेताहरू संग प्रमुख अतिथि नेपालीले आग्रह गर्नुभयो।

अहिले पुराना र स्थापित पार्टीका सबै नेता उस्तै,सबै नेता खराब,देश बिगार्ने यिनै हुन,देश बर्बाद हुन लाग्यो,स्वदेशमा कुनै अवसरनै छैन भन्दै समाजमा निराशा,कुन्ठा,नकारात्मकता र बिरक्तभाव पैदा गरि समाजलाइ भडकाउ,अस्थिरता र अराजकता तर्फ लैजाने प्रयत्न भएको बताऊदै कार्यक्रमका बिशेष अतिथि एमाले मुसिकोट नगर कमिटी ईन्चार्ज शोमनाथ सापकोटाले सबै नेता कार्यकर्ताहरू यसका बिरूध्दमा लाग्नका लागि आग्रह गर्नुभयो।

पार्टीको केन्द्रीय योजना अनुरुप तीन महिने वडा केन्द्रित अभियान सुरु भएको सन्दर्भमा बिशेष अतिथि एमालेका युवा नेता राजेन्द्र अर्यालले अभियान अन्तर्गत प्राथमिकताका साथ सम्पादन गरिनुपर्ने कामका बारेमा मार्गनिर्देश गर्नुभएको थियो। 

मन्तब्यको क्रममा एमालेका नेता कार्यकर्ताहरू विचारमा प्रतिबद्ध अनि व्यवहारमा सरल र समन्वयकारी बन्नका लागि जिल्ला कमिटी सचिब धर्म बिश्वकर्माको आग्रह थियो।

पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्नका लागि एमाले मुसिकोटले पनि तिन महिने अभियान अगाडि बढाऊन लागेको नगर अध्यक्ष प्रकाश काफ्लेले बताऊनुभयो।

नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता,उपाध्यक्ष पुस्तक छन्तेलको स्वागत मन्तब्य तथा सचिब रामकृष्ण कंडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको पार्टीले जनाएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको