तेस्रो भाटि महोत्सव एवं ब्यापार मेलाको औपचारिक उद्घाटन सम्पन्न
युनिक खवर✍️
तेस्रो भाटि महोत्सव एवं ब्यापार मेला २०८१ को दोस्रो दिन अर्थात औपचारिक उद्घाटन समारोह आज भुवाचिदी बजारमा सम्पन्न भएको छ।नगरप्रमुख जिवलाल खरेल जीवन ले कार्यक्रमको उदघाटन गर्नुभएको क्लबका अध्यक्ष राजेश रायमाझिले जानकारी दिनुभएको छ।कार्यक्रममा नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,मुसिकोट नगरपालिकाका प्रसासकिय अधिकृत चेतनाथ गिरी,वडाध्यक्षहरू खडक बहादुर खड्का,हरिहर सापकोटा,मुसिकोट नगर खेलकुद बिकास समिति अध्यक्ष सन्दिप खत्री,महेन्द्र आदर्श नमुना मा वि वामीटक्सार का प्रधानाध्यापक देबिराम शर्मा,समाजसेवि रामबहादुर थापा,ग्लोबल आई यमी बैंक वामी शाखा प्रमुख बिष्णु कॅुवर लगायतको बिशेष उपस्थिति रहेको थियो।
अध्यक्ष रायमाझिले भाटी मेला लाई सफल बनाऊनका लागि सबै समक्ष बिशेष आग्रह गर्नुभएको छ।
‘समयमै सबैजना कार्यक्रम स्थलमा जुटौं,ऐच्छिक रूपमा क्लब लाई नैतिक,भौतिक,आर्थिक सहयोग गरौं।यो हामी सबैको कार्यक्रम हो तसर्थ सफल बनाऔं’स्थानिय महिला नेतृ बालकुमारी राकस्कोटी ले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनुभयो।
पौष २६ गतेदेखि माघ ५ गतेसम्म आयोजित मेलामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता,खुल्ला महिला भलिबल प्रतियोगीता,खुल्ला भेट्रान्स भलिबल प्रतियोगीता,भाटी डान्स आईडल सामुहिक र एकल नृत्य प्रतियोगीता लगायतका अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने मालिका युवा क्लबका अध्यक्ष राजेश रायमाझीले जानकारी दिनुभएको छ।
कार्यक्रमको सन्चालन शुकदेब रिजाल र गोपाल रायमाझिले गर्नुभएको थियो।
तस्बिरहरुःPoudel Digital Photography