तेस्रो भाटि महोत्सव एवं ब्यापार मेलामा दर्शकहरूको घॅुईचो बढ्यो
युजिन कंडेल,वामीटक्सार✍️
तेस्रो भाटि महोत्सव एवं ब्यापार मेलामा दर्शकहरूको घॅुईचो दिनप्रतिदिन बढिरहेको छ।दर्शकहरूको भावना लाई बुझेर आयोजकले सोही प्रकृतिका कार्यक्रमहरू आयोजना गरेकोले महोत्सब भव्यताका साथ अगाडि बढेको आयोजक संस्था मालिका युवा क्लबका अध्यक्ष राजेश रायमाझिको भनाई रहेको छ।रायमाझिका अनुसार अन्तिम दिन सम्म भाटि महोत्सब हजारौं मानिसहरूले अवलोकन गर्नेछन।
यो बर्ष पौष २६ गतेदेखि माघ ५ गतेसम्म आयोजित मेलामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता,खुल्ला महिला भलिबल प्रतियोगीता,खुल्ला भेट्रान्स भलिबल प्रतियोगीता,भाटी डान्स आईडल सामुहिक र एकल नृत्य प्रतियोगीता लगायतका अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको छ।
आज माघे सक्रान्तिका दिन चर्चित कलाकारहरू कमल बराल,अमिशा सुबेदी र सुप्रिम मल्लको सांगितिक प्रस्तुती रहने छ।
भाटि महोत्सव एवं ब्यापार मेला भुवाचिदी बजारको शान मात्र होईन सिंगो मुसिकोटकै गौरब बढाएको स्थानियहरूको बुझाई छ।ठुला ठुला नाम कलाएका संस्थाहरू लाई त यसप्रकारका महोत्सब सन्चालन गर्न कठिन देखिएको छ तर मालिका युवा क्लबले गुल्मीको भुवाचिदी बजारमा हरेक बर्ष महोत्सव एवं ब्यापार मेला आयोजना गर्नु र ब्यबस्थित रूपमा सम्पन्न गर्नु मालिका युवा क्लब टिम र यस संस्था लाई मायॅा गर्ने दानबिरहरु प्रति युनिक खवर डट कम परिवार हार्दिक धन्यबाद तथा बधाई एवम कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दछौं।
तस्बिरःभुमिका नेपाल।