मुसिकोट नगरपालिकामा लगाएको ताला खुल्यो
युनिक खवर,वामीटक्सार✍️
मुसिकोट नगरपालिकाको प्रसाशनिक भवनको मुलढोकामा भाद्र २४ गते देखि लगाएको ताला आज खोलिएको छ।जेनजी मुसिकोटले नगरपालिका संग सम्बन्धित बिभिन्न बिषयहरूको बारेमा जनप्रतिनिधिहरु संग छलफलको मागगर्दै ताला लगाएको थियो जसको कारण नगरपालिकाको काममा बाधा पुगेको थियो।ताला खुले पश्चात आईतबार देखि नगरपालिकाको काम सुचारू हुने छ।
आज जेनजी मुसिकोटका युवाहरु,प्रसाशकिय प्रमुख चेतनाथ गिरी,कार्यपालिका सदस्य बिष्णु राना,वामी प्रहरी चौकी प्रमुख बरिष्ठ सई प्रदिप कार्की,मिडियाकर्मीहरुको बिचमा बिस्तृत छलफल पश्चात नगरपालिकामा लगाएको ताला खोल्ने सहमती भएको हो।जेनजी मुसिकोटको तर्फबाट पेश गरिएका नगरपालिका संग सम्बन्धित मागहरु नगरप्रमुख काठमान्डौं बाट आए पश्चात छलफल गर्ने सहमति भएको छ।
आजै वामी प्रहरीचौकी बाट बरिष्ठ सई प्रदिप कार्कीको कमान्डमा गएको प्रहरी टोलीले भाद्र २४ गते जेनजी मुसिकोटको आन्दोलनको समयमा मुसिकोट नगरपालिकाको प्रसाशकिय भवन र यसको परिसरमा भएको क्षतीको प्रहरी मुचुल्का तयार गरेको छ।