झेंदीको पक्कीपुल आगामी बैशाख १ गते देखि सन्चालनमा आऊने

गुल्मीको मुसिकोट नगरपालिका वडानं ७ र ३ जोड्ने पक्कीपुल आगामी ०८२ बैशाख १ गते देखि सन्चालनमा आऊनेगरी काम भईरहेको वडानं ७का वडाध्यक्ष हरिहर सापकोटाले बताऊनु भएको छ।युनिक खवर डट कम संगको कुराकानीमा अध्यक्ष सापकोटाले भन्नुभयोः" पुल निर्माण कार्य छिटो सम्पन्न गरी सन्चालनमा ल्याऊनका लागि आज जलप नेपाल,भरतपुर चितवनका प्रबन्धक राम शर्मा संग आज भेटगरी काम छिट्टै सकाऊन सल्लाह गरेका छौं”

वडाध्यक्ष सापकोटा संग पुल निर्माण कार्य निरिक्षणका लागि नेकपा एमाले जिल्ला कमिटी सदस्य भुवन के सी,नेपाली कांग्रेस मुसिकोट नगर सभापति झबिलाल भन्डारी,नेपाल कम्युनिष्ट पार्टि एमाले मुसिकोट नगर सचिब रामकृष्ण कंडेल,राष्ट्रिय युवा संघ जिल्ला कमिटी गुल्मी सचिब सन्दिप खत्री,राष्ट्रिय युवा संघ मुसिकोट अध्यक्ष राजेश रायमाझी लगायतको उपस्थिति रहेको थियो।

अनुगमन पश्चात नेपाली कांग्रेस मुसिकोट नगर सभापति झबिलाल भन्डारीले भन्नुभयो "पुल निर्माण कार्य सम्पन्न पश्चात वारीपारीको आवत जावतमा धेरै सजिलो हुनेछ"

नेपाल कम्युनिष्ट पार्टि एमाले मुसिकोट नगर सचिब रामकृष्ण कंडेलले भन्नुभयोः"दुई पटक यस स्थानको पुल निर्माण कार्य असफल हॅुदा सबै नगरबासिहरु मर्माहत भएका थियौं तर यो पटक हामी पक्कै सफल हुन्छौं”

नेकपा एमाले जिल्ला कमिटी सदस्य भुवन के सी ले भन्नुभयो:"नयॅा बर्ष २०८२ मा पुल सन्चालनले हामी मुसिकोट नगरबासी लाई पक्कै थप खुसियाली ल्याऊने छ”

५६.८ मीटर लामो पुल निर्माणको लागि २ करोड ४२ लाख बिनियोजन भएको जलप नेपाल,भरतपुर चितवनका प्रबन्धक निर्माण ब्यबसायी राम शर्माले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको