ददल्का मा वी को ६३ औं बार्षिकोत्सब समारोह सम्पन्न

युजिन,वामीटक्सार✍️

गुल्मीको मुसिकोट ९ ददल्कामा अवस्थित ददल्का मा वि ले आफ्नो ६३ औं बार्षिकोत्सब समारोह भव्यताका साथ सम्पन्न गरेको छ।फाल्गुण १ गते आन्तरिक कार्यक्रमहरू सम्पन्न गरेको तथा २ गते औपचारिक कार्यक्रम आयोजनागरी बार्षिकोत्सब समारोह सम्पन्न गरेको बिद्यालयमा गठित शिक्षक अभिभावक संघका अध्यक्ष टिकाराम खरेलले बताऊनुभयो।

बार्षिकोत्सबको अवसरमा प्रतिस्पर्धात्मक रेकर्ड डान्स प्रतियोगिता,अभिभावकहरूका कार्यक्रमहरू,छात्रबृती बितरण,सदनात्मक कार्यक्रमहरू आयोजना गरिएको निमित्त प्रधानाध्यापक खिमानन्द चालिसेले युनिक खवर डट कम लाई जानकारी दिनुभयो।

कार्यक्रममा सितापुर मा वि का बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेल,वडाध्यक्ष भुमा गुरूड०,बिद्यालयका पुर्ब शिक्षक कालिदास खरेल,पुर्ब गा बि स अध्यक्ष माधब खरेल,महेन्द्र आदर्श नमुना मा वि का सहायक प्रधानाध्यापक धनपती खरेल,सितापुर मा वि का प्रधानाध्यापक महाबिर बस्नेत लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

बिद्यालयका प्रधानाध्यापक बुध्दिमणी खरेल पितृशोकमा रहेकोले कार्यक्रमका बक्ताहरूले स्वर्गिय बुवाको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारजनहरू प्रति समबेदना ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमको मुख्य आकर्षण रेकर्ड डान्स प्रतियोगिता रहेको थियो।रामकृष्ण कंडेल,धनपती खरेल र बिष्णु परियार रहेको ३ सदस्यिय निर्णायक मन्डलले सितापुर मा वि र ज्ञ्यानज्योती आधारभुत बिद्यालय प्रथम,ददल्का मा वि द्वितिय र सरस्वती आधारभुत बिद्यालय तृतिय भएको नतिजा घोषणा गर्नुभएको थियो।

अभिभावकहरूको घैंटोफोर कार्यक्रममा २७ जना अभिभाबकहरूले भागलिनुभएकोमा १ जना अभिभावकले मात्रै घैंटो फोर्न सफल भएको कार्यक्रमका सहभागि अभिभावक अर्जुन खत्रीले बताऊनुभयो।

स्थानिय फर्निचर ब्यबसायी ज्ञानबहादुर बि क ले कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागिहरु लाई आफ्नो ब्यक्तिगत खर्चमा चिया नास्ताको ब्यबस्था मिलाऊनु भएको थियो।

शिक्षक नारायण खरेलको सन्चालन,वडाध्यक्ष भुमा गुरूड० को प्रमुख आतिथ्यता,शिक्षक पुष्पा शर्माको स्वागत मन्तब्य तथा बिब्यस अध्यक्ष उमाकान्त खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको