अखिल नेपाल महिला संघ मुसिकोटद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

मुसीकोट गुल्मी , अखिल नेपाल महिला संघ मुसिकोटको आयोजनामा वामीटक्सार पल्टार स्थित जिप पार्कमा तीज मिलन  कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो ।

शुक्रबार सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका महिला दिदिबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। महिलाहरुले नेपाली मौलिक तीजका भाकामा नाचगान गरि कार्यक्रमलाई भव्य बनाएका थिए ।

सस्कृती संरक्षणसंगै महिलाहरुलाई आफ्नो मनका बेदना पोख्न  आफ्नो परम्परा कायम राख्न तथा आफू आफूमा भेटघाट गरि दु:खसुख साट्नको लागि कार्यक्रम आयोजना गरिएको अखिल नेपाल महिला संघ मुसिकोटकी अध्यक्ष सावित्रा विष्ट घिमिरेले बताउनुभयो । कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले गुल्मी जिल्ला अध्यक्ष बालसिङ काउचाले तीजको अवसरमा दिदिबहिनीहरु भेटघाट भई तीज शूभकामना आदानप्रदान गर्ने र आपसी मेलमिलापसहित दर खाएर मौलिक रुपमा पर्वलाई मनाउन अखिल नेपाल महिला संघ मुसिकोट नगरकमिटिले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिंदै तीजको शुभकामना समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा मुसिकोट नगरपालिकाकी पूर्व उपमेयर कमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो ,भने नेकपा एमाले गुल्मी जिला अध्यक्ष बालसिङ काउचा,सचिव धर्म विश्वकर्मा लगायत जिल्ला कमिटीका सदस्य ,नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले,सचिव रामकृष्ण कंडेल,मुसिकोट नगरपालिकाका नगरप्रमुख जिबलाल खरेल जीवन,वडाध्यक्ष हरिहर सापकोटा,लगायतका नेताहरुको उपस्थिति रहेको अखिल नेपाल महिला संघ मुसिकोटकी नेतृ बालकुमारी राकस्कोटीले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थितिको लागि केही समय अगाडि देखि नै आयोजक ले सार्वजनिक रुपमै सूचना प्रवाह गरेको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको