गुल्मीमा कांग्रेस र एमाले निकट विद्यार्थी हरूले स्ववियु निर्वाचनमा गठबन्धन गर्ने

युजिन,वामीटक्सार✍️

गुल्मीमा कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरूले स्ववियु निर्वाचनमा गठबन्धन गर्ने भएका छन् ।

यही चैत ५ गते हुने निर्वाचनका लागि गुल्मीमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच गठबन्धन गर्ने सहमति भएको हो ।

स्ववियु चुनाव हुने ११ क्याम्पस लाई ५ - ६ वटामा नेतृत्व लिनेगरी सहमति भएको छ । सभापति लिएको संगठनले कोषाध्यक्ष र सचिव लिएको संगठनले उपाध्यक्ष र सहसचिवमा उम्मेदवारी दिने दुई संगठनबीच सहमति भएको हो ।

सहमतिअनुसार कांग्रेस निकट नेविसंघ लाई ६ ओटा क्याम्पस र एमाले निकट अनेरास्ववियुलाई ५ ओटा क्याम्पसको सभापति दिने निर्णय भएको छ ।

तालमेल सम्बन्धमा गरिएका निर्णयहरु सार्बजनिक गर्नका लागी दुई संगठनले जारी गरेको विज्ञप्ती युनिक खवर डट कम लाई प्राप्त भएको छ।अनेरास्ववियु गुल्मीका अध्यक्ष आषिस गौतम र नेविसंघ गुल्मीका सभापती सिजन राना द्वारा हस्ताक्षर गरिएको विज्ञप्तीको पुर्णपाठः

हामी यतिखेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्मुखमा छौं। नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक उपलब्धीका रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील तथा लोकतान्त्रिक विचारधाराले संचालन गर्दा अझ प्रभावकारी बनाउन सकिने ठहर गर्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महशुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अगाडी बढ्ने सहमति गरिएको छ ।

आसन्न स्ववियु निर्वाचनमा गुल्मेली जनता तथा आम विद्यार्थीहरुको आकांक्षालाई पूरा गर्न तपशिल बमोजिमका बुँदाहरुमा सहमति गरेका छौं । जसमा संयुक्त ढंगले निर्वाचनमा भाग लिने र गुल्मी जिल्लाभरका क्याम्पसमा गठबन्धन (तालमेल) विद्यार्थीहरुलाई विजय बनाउन सबै प्रगतिशील तथा लोकतान्त्रीक शक्ति एकताबद्ध भएर लाग्ने निर्णय गरीएको छ ।

१. गुल्मी जिल्ला भित्रका स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालमेल गरी संयुक्त प्यानल बनाई अघि बढ्ने ।

२. अनेरास्ववियुले रुद्रावती बहुमुखी क्याम्पस, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस, श्रृङ्गेश्वर बहुमुखी क्याम्पस, रिडी बहुमुखी क्याम्पस र दिगाम आदर्श बहुमुखी क्याम्पसमा नेतृत्व लिने ।

३. नेविसंघले रेसुङ्गा बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस, चन्द्रकोट बहुमुखी क्याम्पस, मानका टिकाराम बहुमुखी क्याम्पस, सत्यवती बहुमुखी क्याम्पस र रुरु सँस्कृत विद्यापिठमा नेतृत्व गर्ने ।

४. अनेरास्ववियुले नेतृत्व लिएका क्याम्पसहरुमा उपाध्यक्ष, सचिव र सह-सचिव नेविसंघले लिने ।

५. नेविसंघले नेतृत्व लिएका क्याम्पसमा उपाध्यक्ष, सचिव र सह-सचिव अनेरास्ववियुले लिने ।

६. अनेरास्ववियुले नेतृत्व लिएका क्याम्पसमा अध्यक्ष र कोषाध्यक्ष सहित बहुमत सदस्य लिने ।

७. नेविसंघले नेतृत्वलिएको क्याम्पसमा अध्यक्ष र कोषाध्यक्ष सहित बहुमत सदस्य लिने ।

८. रुद्रावती बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व लिएता पनी नेविसंघलाई बहुमत सदस्य दिने ।

९. सत्यवती बहुमुखी क्याम्पसमा नेविसंघले नेतृत्व लिएता पनी अनेरास्ववियुलाई बहुमत सदस्य दिने ।

१०. तालमेल भएका विद्यार्थी संगठन बिच भावनात्मक एकता तथा हार्दिकतापूर्ण समझदारीको विकास गर्ने ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको