समाजसेवी प्रेमलाल खरेल ८८ वर्षमा प्रवेश,सम्मान कार्यक्रम सम्पन्न
युनिक खवर
साबिक अर्लाङ्कोट गाविसका पूर्व प्रधानपञ्च तथा सम्मानित समाजसेवी प्रेमलाल खरेल ८८ वर्षमा प्रवेश गर्नुभएको छ।जन्मदिनको अवसरमा ददल्का दान्सिड. स्थित खरेल निवासमा आयोजित कार्यक्रममा जनप्रतिनिधि,राजनीतिक नेतृत्व र शुभेच्छुकहरूको उपस्थितिमा उहॅाप्रति सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट प्राप्त सम्मानपत्र औपचारिक रूपमा उहॅालाई हस्तान्तरण गरिएको थियो।दीर्घ समयसम्म सार्वजनिक जीवनमा रहेर पार्टि र समुदायको हितका काममा समर्पित रहँदै आउनुभएका खरेल जन्मदिनको अवसरमा प्राप्त सम्मान र शुभकामनाबाट अत्यन्तै खुशी हुनुभयो।
उहॅाका कान्छा छोरा प्रकाश खरेलले कार्यक्रममा सहभागी तथा शुभेच्छा पठाउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ।उहॅाका अनुसार खरेलको दीर्घ सेवाभाव, सरल स्वभाव र समुदायप्रतिको प्रतिबद्धता आजसम्म पनि स्थानीय तहमा प्रेरणाको स्रोत बनेको छ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उपाध्यक्ष जिवलाल खरेल (जीवन),नगर कमिटी सचिब रामकृष्ण कंडेल,वडा कमिटी अध्यक्ष खड्कबहादुर खत्री,नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष रामप्रसाद खरेल लगायत शुभेच्छुकहरूको उपस्थिति थियो।
सहभागीहरूले समाजसेवी खरेलको सुस्वास्थ्य, दीर्घायु र सुखमय जीवनको कामना गर्दै उहॅाको योगदान भावी पुस्ताका लागि प्रेरणादायी रहने बिचार उल्लेख गर्नुभयो।
पूर्व प्रधानपञ्च तथा समाजसेवि प्रेमलाल खरेलको नेतृत्व सदैव समावेशी, दूरदर्शी र जनमैत्री मानिन्छ। विकासका कामलाई प्राथमिकता दिँदै उहॅाले गाउँको बिकासलाई उल्लेखनीय प्रगति गराउन योगदान पुर्याएको ईतिहॅास छ।सामान्य नागरिकको आवाज सुन्ने,समस्यामा साथ दिने र पारदर्शी ढङ्गले निर्णय गर्ने उहॅाको शैलीले जनविश्वास बलियो बनायो।समुदायलाई एकतामा बाँधेर अघि बढाउने सोच,इमानदार चरित्र र त्यागयुक्त सेवाभावको कारण उहॅाले जनताको मन जित्न सकेको बताईन्छ।गाउँको हितमा जीवनभर समर्पित उहॅाका कार्यहरू हरेक पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन्।