चौथो भाटी मेलालाई शर्मा परिवारबाट ४ लाख सहयोग घोषणा
रामकृष्ण कंडेल,वामीटक्सार
मुसिकोट नगरपालिका–६ भुवाचिदीमा आगामी पुष २३ गतेदेखि माघ १ गतेसम्म आयोजना हुने चौथो भाटी मेला २०८२ लाई सफल बनाउन विदेशबाट उल्लेखनीय सहयोग घोषणा कार्य शुरूभएको छ। बेल्जियममा बसोबास गर्दै आउनुभएका समाजसेवी घनश्याम शर्मा र नैना शर्माले मेलाका लागि ४ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको समाचार प्राप्त भएको छ।
शर्मा दम्पतीले भुवाचिदी तथा आसपासका सामुदायिक गतिविधिहरूमा वर्षौं देखि निरन्तर सहयोग गर्दै आऊनुभएको छ।विद्यालय,धार्मिक स्थल,सामाजिक कार्यक्रमदेखि आपतकालीन सहायतासम्ममा उहॅाहरूले सक्रिय भूमिका खेल्दै आएको स्थानीयहरूले बताए।मेलाका लागि प्राप्त भएको यो सहयोगले तयारी तथा कार्यक्रम व्यवस्थापनमा ठूलो सहजता ल्याउने आयोजक मालिका युवा क्लबका अध्यक्ष राजेश रायमाझीले युनिक खवर संगको कुराकानीमा बताऊनुभयो।
मेलालाई व्यवस्थित र पारदर्शी ढङ्गले सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष राजेश रायमाझीको नेतृत्वबारे पनि स्थानीयहरू सकारात्मक छन्। गुल्मीमा आयोजना हुने महोत्सवमध्ये सबैभन्दा अनुशासित र व्यवस्थित मेलाका रूपमा भाटी मेलाको पहिचान बढ्दै गएको छ।
भाटी मेलामा यस वर्ष स्थानीय संस्कृति,खेलकुद, पर्यटन प्रवर्द्धन,उद्यमशीलता स्टल,कलाकार प्रस्तुति लगायत विभिन्न आकर्षक कार्यक्रम रहनेछन्। आयोजकले मेलालाई अझ भव्य र सफल बनाउन देश विदेशमा रहेका सबैलाई सक्रिय सहभागिताको आग्रह गरेको छ।