शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ

प्रभात सिंह

रुसले कोरोना भाइरसविरुद्वको भ्याक्सिनलाई मान्यता दिएपछि सँसारभर भ्याक्सिन बजारमा नयाँ तरंग आएको छ । भ्याक्सिनको विकास गरिरहेका अन्य देशहरु पनि गुणस्तर भन्दा पनि बजार केन्द्रित भएर दौडधुपमा सहभागी हुने खतरा बढेको छ । विशेषगरी, रुस, अमेरिका र चीनबीच भ्याक्सिनको बजारमा नियन्त्रण कायम गर्ने दौड चलेको हो ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले २७ साउनमा भ्याक्सिनलाई अनुमोदन गरेपछि अमेरिकाले तुरुन्तै १० करोड डोजका लागि मोर्डनासँग खरिद गर्ने जानकारी दिएका थिए । रुसले कोरोना भाइरसविरुद्वको भ्याक्सिनलाई अनुमोदन गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो बढाएका छन् । उनले चाँडै नै महत्वपूर्ण उपलब्धि हासिल हुने बताइसकेका छन् । यसको अर्थ अमेरिका पनि जतिसक्दो छिटो भ्याक्सिन विकास गरी बजारमा पुर्याउन चाहिरहेको छ ।

चीनले पनि विकास गरिरहेको खोपलाई थप अनुसन्धानलाई तीव्रता दिइ बजारमा ल्याउन तयारी भइरहेको जनाएको छ । फैलिएको महामारीले नियन्त्रणमा आउन नसकेको कारण अन्य देशलाईसमेत भ्याक्सिनलाई बजारमा ल्याउन अग्रसरता देखाउनु आवश्यक रहेको जनाइएको छ ।

चीनले रुसको भ्याक्सिनप्रति सकारात्मक धारणा सार्वजनिक गरेको छ । अमेरिका र युरोपेली देशहरुले त्यसको विश्वसनीयता र प्रभावकारिताबारे आशंका व्यक्त गरेका छन् । तर, चीनले रुसले मान्यता दिएको भ्याक्सिनलाई बजारसम्म लान रुसलाई सहयोग गर्ने जनाएको छ ।

रुसले अनुमोदन गरेको केही दिन भित्र २० देशहरुले कुल एक अर्ब खोपको निर्माण गर्न अर्डर समेत दिइसकेका छन् । तर, ती देशहरुको नाम खुलाइएको छेन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डिटोरटेले भ्याक्सिनप्रति सकारात्मक धारणा सार्वजनिक गर्दै आफूमाथि पहिलो परीक्षण गर्न भनेका छन् । इजरायलले पनि भ्याक्सिन प्रभावकारी हुने हो भने अर्डर गर्ने जनाएको छ ।

रुसले तत्काल भ्याक्सिनको ५० करोड डोज निर्माण गर्न तयारी रहेको जनाएको छ । एडिनो भाइरस भेक्टर भ्याक्सिन सुरक्षीत र प्रभावकारी रहेको विषयमा शंका रहेका एलर्जी र संक्रमक रोगहरुको राष्ट्रिय संस्थानका निर्देशक एन्थोनी फाउचीले बताएका छन् । रुसले प्रयोगात्मक भ्याक्सिनको निर्माण अगस्त महिनामा ल्याउन विषयको जानकारी अगावै दिइसकेको थियो । तर, यसलाई बजारमा ल्याउने विषय प्रति बेलायतले समेत आपत्ती व्यक्त गरेको छ । चिनियाँ विज्ञहरुले भ्याक्सिनको सुरक्षीत र प्रभावकारी रहेको विषय पत्ता लगाउन निकै कठिन रहेको चिनियाँ सञ्चार माध्यम ग्लोवल टाइम्सलाई जानकारी दिएका थिए । कोरोनाविरुद्व खोपको दौडमा अग्रसर रहेको मुलुकहरु परिक्षणको तेस्रो चरणमा रहेको छन् ।

कोरोना भाइरसविरुद्वको खोप उत्पादन गर्न सिनोभ्याक, सिनाफार्म, अक्सफर्ड एस्ट्रजेनेका, मोर्डना, फाइजर र फोसन उत्पादनका लागि तयार अवस्थामा रहेको छ । उनीहरुको ध्यान कोरोना भ्याक्सिनको बजारमा गएको छ । विश्वभरी १६८ भ्याक्सिनहरु परिक्षण गरिरहेको जनाइएको छ ।

भ्याक्सिन विकासमा लागेको चीन तुरुन्तै मान्यता पाउने विश्वासमा रहेको देखिन्छ । रुसद्वारा विकास गरिएको भ्याक्सिनलाई रुस बाहिरको बजारमा ल्याउन सन् २०२१ देखि २०२५ सम्ममा अत्यधिक लगानी गरिने जनाइएको छ । भ्याक्सिन निर्माण गरिदिन अर्डर गरेका २० देशहरुको नाम रुसले सार्वजनिक गरेको छैन् । भ्याक्सिनलाई प्रत्येक व्यक्तिले दूई पटक लगाउनु पर्ने विषयमा विज्ञहरुले जानकारी दिएका छन् ।

चीनले भ्याक्सिनलाई बजारमा ल्याउन र आफ्नो नागरिकमाथि प्रयोग गर्ने भएको जनाइएको छ । एक पटक लगाएको खोपको रकम २० युआन अथार्त २.८८ डलर र पर्नेछ । चीनले बजारमा भ्याक्सिन बिक्रि सुरु गरेमा चीनलाई १६ देखि २२ अर्ब चिनियाँ युआन नाफा हुने आँकलन गरिएको छ । त्यसैगरी चीनको स्वःउत्पादित भ्याक्सिनको बजार नाफा अधिकतम ७ अर्ब ५० करोड युआनसम्म हुने अनुमान लगाइएको छ ।

रुसले भ्याक्सिन विकास गरिसकेको र अमेरिका, चीन र युरोपमा भ्याक्सिनको विकास भइरहँदा शुरुमा ती देशकै बजारमा पुग्ने निश्चित छ । ती देशले आफ्नो देशमा भ्याक्सिनको प्रयोग गरेपछि मात्र जहाँ फाइदा हुन्छ त्यही भ्याक्सिन विक्री गर्ने देखिएको छ । रुसले विकास गरेको भ्याक्सिन ठुलो धनराशी खर्च गर्न सक्ने खाडी देशहरुमा माग भइसकेको बुझिएको छ । तर, गरिब देशहरुमा भ्याक्सिन पुग्न निकै समय लाग्न सक्ने अवस्था देखिएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२१ को अन्तसम्ममा आर्थिक रुपमा विपन्न देशहरु र मध्यमस्तरका देशहरुका लागि कोभ्याक्स कार्यक्रम अन्र्तगत कोरोना भ्याक्सिनको प्रयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कम्तिमा दुई अर्ब भ्याक्सिनको डोज आवश्यक पर्ने आँकलन गरिएको छ । माग बमोजिम उत्पादन भइनहाल्ने कारण भ्याक्सिनमा विपन्न देशका मानिसहरुको पहुँच तत्काल नहुने देखिएको छ ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको