मुसिकोट होटल व्यवसायिक संघको अध्यक्षमा सापकोटा चयन

रामकृष्ण कंडेल,वामीटक्सार

मुसिकोट होटल व्यवसायिक संघ मंचको सोमवार गुल्मीको वामीटक्सारमा बसेको भेलाले सन्देश होटलका सञ्चालक तथा संस्थाका बरिष्ठ उपाध्यक्ष रामचन्द्र सापकोटालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।संघको नेतृत्व परिवर्तन प्रक्रिया अन्तर्गत सापकोटालाई नयाँ कार्यसमितिको जिम्मेवारी दिइएको हो।

आगमन होटलका सञ्चालक तथा यस संस्थाका बर्तमान सल्लाहकार सदस्य फुलप्रसाद सापकोटाका अनुसार संघले स्थानीय होटल व्यवसायको गुणस्तर वृद्धि,सेवा व्यवस्थापन सुधार र पर्यटन प्रवर्द्धनलाई मुख्य कार्यसूचीका रूपमा अघि सारेको छ। उहॅाका अनुसार, “नयाँ नेतृत्वबाट संघ अझै सक्रिय र परिणाममुखी बन्ने अपेक्षा छ।”

यसअघि संघको नेतृत्व बिबेक काफ्लेले गर्नुभएको थियो। निबर्तमान अध्यक्ष काफ्ले अध्ययनका लागि जर्मनी प्रस्थान गर्न लागेकाले पद हस्तान्तरण गरिएको समाचार युनिक खवर न्युज डेष्क लाई प्राप्त भएको छ।काफ्लेले आफ्नो कार्यकालमा संघलाई संस्थागत विकास,व्यवसायीहरू बीच समन्वय र व्यवसाय अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका खेलेको ब्यबसायिहरुले हामिसंगको कुराकानीमा बताऊनु भएको छ।

भेलाले नयाँ नेतृत्व चयनसंगै आगामी दिनमा सञ्चालन गरिने तालिम,सेवा स्तरीयता अभिवृद्धि, पर्यटकमैत्री वातावरण निर्माण जस्ता विषयमा पनि प्राथमिकता दिने निर्णय भएकोछ।स्थानीय होटल व्यवसायीले संघको नयॅा कार्यसमितिबाट व्यवस्थित र सक्षम नेतृत्वको अपेक्षा व्यक्त गरेका छन।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको