रुद्रावती प्राविको नवनिर्मित भवनको मुसिकोट नगरप्रमुख द्वारा गरियो समुद्घाटन
युजिन कंडेल,युनिक खवर✍️
श्री रुद्रावती प्रा.वि.मुसिकोट २ गुल्मीको नवनिर्मित भवनको आज समुद्घाटन गरिएको छ।बिद्यालयको १६ औं बार्षिकोत्सब तथा अभिभावक भेलाको अवसरमा आयोजित बिशेष कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवन ले नवनिर्मित भवनको समुद्घाटन गर्नुभएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुध्दिबल चालिसेले बताऊनुभयो। बालमैत्री, प्रविधियुक्त र गुणस्तरीय शिक्षाः हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ पुष २५ र २६ गते कार्यक्रमहरू आयोजना गरिएको,पहिलो दिन अनौपचारिक ढंगले आन्तरिक प्रतिष्पर्धात्मक कार्यक्रमहरू र २६ गते औपचारिक कार्यक्रमहरू आयोजना गरिएको अध्यक्ष चालिसेले बताऊनुभयो।
‘श्री रुद्रावती आधारभुत विद्यालयले शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने बिश्वॅास लिएको छु’प्रमुख अतिथि नगरप्रमुख खरेलको आफ्नो मन्तब्यको क्रममा स्पष्ट भनाई थियो। प्रमुख अतिथि खरेलले मुसिकोटका सबै शिक्षालयहरूमा बालमैत्री, प्रविधियुक्त र गुणस्तरीय शिक्षा कार्यन्वयन गर्नका लागि आफुहरु प्रतिबध्द रहेको बिचार ब्यक्त गर्नुभयो।स्थानियको माग र आवश्यकता अनुसार विकास निर्माणमा अग्रसर हुनु नगरपालिकाको कर्तव्य भएको मन्तब्यको क्रममा नगरप्रमुख खरेलले बताउनु भएको छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि,मुसिकोट शिक्षा अधिकृत प्रकाश नेपाली लगाएतको बिशेष उपस्थिति रहेको थियो।
१६ औं बार्षिकोत्सब तथा अभिभावक भेलाको अवसरमा राष्ट्रिय गान, स्वागत मन्तव्य,स्वागत गित,कार्यक्रम उद्घाटन,प्रधानाध्यापकद्वारा प्रतिवेदन प्रस्तुत,शुभकामना मन्तव्य, सम्मान कार्यक्रम,राइम्स क्लास PG देखि १ सम्म,नाटक प्रस्तुती,पिटी प्रदर्शन,शिक्षक नृत्य,शैक्षिक प्रदर्शनी, रेकर्ड नृत्य कक्षा १ - ५ (राष्ट्रियता, देश प्रेम, शिक्षा, बाल तथा कला सँस्कृति सम्बन्धि गित),चियापान कार्यक्रम, विद्यार्थीको Singing प्रस्तुती,स्थानिय कलाकारहरुको प्रस्तुती,पुरस्कार वितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको प्रधानाध्यापक भोजेन्द्र नेपालीले युनिक खवर डट कम लाई बताऊनुभयो।
कार्यक्रममा राष्ट्रिय कलाकार गोबिन्द बिसी,बिष्णु श्रीपाली,लक्ष्मण भन्डारी र बालकलाकार प्रिति बस्नेत ले बिशेष सांगितिक प्रस्तुति राख्नुभएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धिवल चालिसेको अध्यक्षता, शिक्षक गिता खड्का, विद्यार्थीहरु आशिका नेपाली र सुनामी नेपालीको स्वागत मन्तव्य तथा शिक्षक खिम बहादुर घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो।