रामकुमारी झाँक्री एमाले प्रवेशपछि पहिलोपटक गुल्मी तम्घासमा आऊॅदै
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री एमाले प्रवेशपछि पहिलोपटक गुल्मीको तम्घास आउन लागेकी छन्। पार्टीले देशभर ७७ वटै जिल्लामा एकैसाथ जागरण सभा गर्ने कार्यक्रम अन्तर्गत गुल्मी जिल्ला कमिटीले भोलि आयोजना गर्न लागेको गुल्मी जिल्ला स्तरीय सभामा उनी सहभागी हुनेछिन।
झाँक्रीले भैरहवा हुँदै गुल्मीको यात्रामा रहेको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै कार्यकर्ताहरूलाई अभियानमा सक्रिय रूपमा फर्किन आह्वान गरेकी छन।आफ्नो फेसबुक स्टाटसमा उनले लेखेकी छन्,”जीवनको लागि गति चाहिन्छ।यदि गति छैन भने अस्तित्व नै समाप्त हुन्छ।हामी त काममा फर्किसक्यौं,तपाईं पनि ढिलो नगरी अभियानमा फर्कनुहोस।”
उनको यो यात्रालाई अत्यन्तै महत्वका साथ हेरिएको छ किनकि एमाले प्रवेशपछि जिल्लास्तरमा हुने यो उनको पहिलो सार्वजनिक उपस्थिति हो।गुल्मी तम्घासमा कार्तिक २९ गते आयोजित सभामा पार्टि उपमहासचिब प्रदिप कुमार ज्ञवाली,सचिब गोकर्ण बिष्ट,जिल्ला ईन्चार्ज दिनेश पन्थी,केन्द्रिय सदस्य जंग नेपाली,गणेश खनाल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
जागरण सभामा नेता,कार्यकर्ता र समर्थकहरूको ठूलो उपस्थिति गराऊनका लागि आवश्यक तयारी गरिएको जिल्ला पार्टि अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो।पछिल्लो समय एमालेले देशभर यस प्रकारको अभियान तीव्रता दिएको छ।
l