इजलाससमक्ष लामिछानेको निवेदनः बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान !

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् । आज (बिहीबार) कास्की जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई आफ्ना कुरा राख्ने समय दिएका थिए । सो क्रममा लामि छानेले आफूलाई तारेखमा छाडिदिन भनेका हुन् ।

उनले आफू र आफू नेतृत्वको रास्वपाले यसअघि पनि सहकारी पीडितको पक्षमा काम गरिरहेको जिकिर गर्दै यसपछि पनि उनीहरुको पक्षमा उभिने बताए ।

साथै, उनले प्रत्येक पटकको तारेखमा अदालत आउँदा सहकारी पीडितको पक्षमा गरेको कामहरुको रिपोर्टसमेत लिएर आउने बताए । ‘सहकारी पीडितका पक्षमा रास्वपाले नै धेरै काम गरिरहेको छ । थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्,’– उनले इजलाससमक्ष निवेदन गरे ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको